माधव नेपाल जस्ताका लागि पार्टीमा ठाउँ छैन : ओली – Satabdi News

माधव नेपाल जस्ताका लागि पार्टीमा ठाउँ छैन : ओली

१६ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालजस्ता नेताहरुका लागि पार्टीमा ठाउँ नभएको बताएका छन् ।

शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै उनले माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको बताए ।

माधव नेपालहरुले गरेको गल्ती सानोतिनो नभएको भन्दै ओलीले उनीहरुकै कारण आफ्नो सरकार ढलेको, पार्टी विभाजित भएको र दक्षिणपन्थीको सरकार बनेको दावी गरे ।

माधव नेपालबाहेकका अरु भने पार्टीमा फर्किएमा मौका दिने ओलीले बताए । तर उनीहरुलाई पनि धेरै समय नकुर्ने ओलीले बताए । ‘अरु साथीहरु गल्ती महसुस गरेर फर्किनुहन्छ भने मौका दिन्छौं । आउनुस् यो पार्टी हामी सबै मिलेर बनाएका हौं । मैले पटक पटक भनेको छु । हामी सबैले बनाएका हौ ं। गल्ती भइहाल्यो भने पनि त्यसलाई सच्याएर आउनुस् काम गरौं’  उनले भने ।

ओलीले अघि भने, ‘अहिले पनि कतिपय साथीहरुसँग कुरा भइरहेको छ । जो जो आउनुहुन्छ आउनुहुन्छ भने, आउनुहुन्न भने पनि धेरै चिन्ता गरिरहनुपर्ने छैन । जो आउँदैन आउँदैन, समय अगाडि बढिररहेको हुन्छ मान्छे मात्र छुट्छ ।’

अध्यक्ष ओलीले आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दावी गरे । पार्टीमा खुट्टा तान्नेहरु कोही नभएको भन्दै अब सजिलै बहुमत ल्याउन सकिने उनको भनाइ छ ।

‘अबको निर्वाचनमा हामी बहुमत ल्याएर देखाउँछौं । बहुमत ल्याएर किन देखाउँछौं भने, पार्टीमा खुट्टा तान्ने तत्व छैन । अगाडि बढ्न खोज्यो खुट्टा तान्ने, उम्मेदवार उठाउन खोज्यो जो जित्दैन उसैलाई अघि सार्ने, जो पार्टीप्रति निष्ठावान छैन, उसलाई उम्मेदवार बनाउनुपर्ने । फ्लोर क्रस गरेर शेरबहादुर देउवाका पछि पछि कुदेकाहरु छन् नि त्यस्तै तत्व । त्यस्तै सिफारिसबाट हामीले बाध्य भएर उम्मेदवारी दिनुपरेको, पार्टी लागेर जिताउनुपर्‍यो, उम्मेदवारी दिएपछि त जिताउनुपर्‍यो’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "माधव नेपाल जस्ताका लागि पार्टीमा ठाउँ छैन : ओली" A few seconds ago

सम्बन्धित खवर