सुन्दरहरैचामा हतियार देखाई लुटपाटमा संलग्न गिरोह पक्राउ – Satabdi News

सुन्दरहरैचामा हतियार देखाई लुटपाटमा संलग्न गिरोह पक्राउ

साउन १३, बेलबारी । सुन्दरहरैचा नगरपालिका वडा नं १० त्रिवेणी चोकमा रहेको एक ज्वेलर्समा हातहतियार सहित लुटपाट गर्न खोज्ने समुह पक्राउ परेको छन् ।

गत साउन ०१ गते सुन्दरहरैचा नगरपालिका वडा नं.-१० त्रिबेणी चोकमा रहेको खगेन्द्र थापाले संचालन गर्दै आएको शिव पंञ्चायन ज्वेलर्समा हतियार सहित केही जनाको समुहले लुटपाट गर्ने प्रयास गरेको थियो ।

उनीहरु मोटरसाईकलमा आएका समुहले हतियार देखाई लुटपाट गर्ने असफल प्रयास पश्चात फरार भएको थियो । अभियुक्तलाई आज बिहान ३ बजेको समयमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छन् ।

पक्राउ पर्नेहरुमा <span;>संखुवासभाका “प्रकाश” भनिने चन्द्र बहादुर राई, ३० बर्सिया चिरन्जीवी राई, सुन्दरहरैचा नगरपालिकाका २२ बर्षिया मिसन राई, ३१ बर्षिया सन्तोष राई, सुनसरीका ४५ बर्षिया प्रमोद चौधरी र भोजपुरका ३० बर्षिया नगेन्द्र राई रहेका छ्न् ।

उनीहरु सहित एसएमजी म्याग्जीन १ थान, ६२ राउण्ड गोली, पेस्तोल थान १ थान, म्याग्जिन १ थान, गोली राउण्ड २,कटुवा पेस्तोल १ थान,  ३०३ राईफलको राउण्ड ४ थान, एमपीआर लेखेको संचार सेट २ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको दिएका छ्न् ।

यस्तै को २ ह २७३६ नं. अटो रिक्सा, प्रदेश १-०२-०४४ प ५९९५ मोटरसाईकल, को २० प १८६ मोटरसाईकल, को ८ प ६५८३ मोटरसाईकल, को २१ प ६७०३ मोटरसाईकल, बिभिन्न ब्राण्डका मोवाईल ८ थान सहित नेपाली नगद १६ हजार १ सय समेत बरामद गरेको छ ।

अभियुक्तहरूलाई मोरङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग, डाका उद्योग र हातहतियार तथा खरखजना मुद्दामा दिन ५ म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सुन्दरहरैचामा हतियार देखाई लुटपाटमा संलग्न गिरो..." A few seconds ago

सम्बन्धित खवर