राष्ट्रपति भण्डारीद्वारा लुम्बिनी प्रदेश प्रमुखमा शेरचन र गण्डकीमा गुरुङ नियुक्त – Satabdi News

राष्ट्रपति भण्डारीद्वारा लुम्बिनी प्रदेश प्रमुखमा शेरचन र गण्डकीमा गुरुङ नियुक्त

१२ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशको प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले गुरुङ र शेरचनलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

प्रदेश प्रमुखको नियुक्ति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ।

यसअघि भण्डारीले गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रमुखमा धर्मनाथ यादवलाई पदमुक्त गरेकी थिइन् । उनीहरूलाई केपी ओली नेतृत्वको सरकारको सिफारिसमा भण्डारीले नियुक्त गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "राष्ट्रपति भण्डारीद्वारा लुम्बिनी प्रदेश प्रमुख..." A few seconds ago

सम्बन्धित खवर