बेलबारी बहुमुखी क्यामपस प्रमुख नियुक्तिमा ; ने बि संघ बेलबारी क्याम्पस इकाई समितिको बिरोध – Satabdi News

बेलबारी बहुमुखी क्यामपस प्रमुख नियुक्तिमा ; ने बि संघ बेलबारी क्याम्पस इकाई समितिको बिरोध

भुपेन्द्र प्रसाद कोइराला

बेलबारी। बेलबारी बहुमुखी क्यामपसमा बहालवाला निजामती कर्मचारीलाई दोहोरो सुविधा पाउने गरी क्याम्पस प्रमुख नियुक्ति गरिएको भन्दै नेपाल विद्यार्थी संघ बेलबारी बहुमुखी क्याम्पस इकाई समितिले बिज्ञप्ति मार्फत बिरोध गरेको छ । बिज्ञप्ति मार्फत बेलबारी बहुमुखी क्याम्पस का सन्चालक समितिले सात दिन भित्र निर्णय फिर्ता नलिए जस्तोसुकै आन्दोलन तथा सम्बन्धित निकायसम्म जाने उल्लेख गरेको छ ।

साउन ४ गते बसेको बेलबारी बहुमुखी क्याम्पस का सन्चालक समितिको निर्णय अनुसार बेलबारी नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख भुपेन्द्र प्रसाद कोइरालालाई दोहोरो सुविधा पाउने गरी क्याम्पस प्रमुखमा नियुक्ति गरिएको थियो ।कोइरालाले क्याम्पसलाई समय दिन नसक्ने र दोहोरो सुविधामात्र उपयोग गर्नेगरी गरिएको सन्चालक समितिको निर्णयप्रति नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समितिको गम्भिर प्रश्न भन्दै कसरी कुन तरिका र कुन द्वारबाट नियुक्ति गरियो ? नियुक्ति गर्ने आधार के हो ? अधिकार कस्ले दियो ? भनि प्रश्न नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समितिको सभापति सुजन अधिकारीको हस्ताक्षरित विज्ञप्ति मार्फत सोधिएको छ ।

दुई बर्ष अघि बेलबारी नगरपालिकाका शिक्षा शाखा प्रमुखको रुपमा आएका भुपेन्द्र प्रसाद कोइरालाले शैक्षिक क्षेत्रमा सुधार गर्ने भन्दै सार्वजनिक विद्यालयमा पढाउने शिक्षकहरुलाई निजि बिद्यालयहरुमा पढाउन नपाउने , पढाए कारबाही गर्ने प्र. अ. को बैठकमा भन्दै आएका थिए । तर हाल आफै शिक्षा नियामावलिको धज्जी उडाउदै दोहोरो सुविधा लिदै मेयर ज्ञानेन्द्र सुवदीलाई हातमा लिएर सुटुक्क बेलबारी क्याम्पस प्रमुखमा नियुक्ति हुनु आफैमा नैतिकताहिन, कानुनको बर्खिलाप कार्य गरेको र शक्ति र पहुच को दुरुपयोग गरेको भन्दै बेलबारीका बिद्यालयका प्र.अ.हरुले आपत्ति जनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी बहुमुखी क्यामपस प्रमुख नियुक्तिमा ; ने ..." A few seconds ago

सम्बन्धित खवर