देउवालाई बधाई दिँदै नेम्वाङले भने– एमाले जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने छ – Satabdi News

देउवालाई बधाई दिँदै नेम्वाङले भने– एमाले जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने छ

८ साउन २०७८, शुक्रबार। नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार बन्ने प्रक्रियाका बारेमा असन्तुष्टि पोखेका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा उनले भने, ‘संविधानले एउटा निर्वाचनमार्फत प्रधानमन्त्री आउने कुरा सोचेको छ। निर्वाचित प्रतिनिधिहरू रहेको संसदबाट देशले प्रधानमन्त्री पाउँछ। प्रधानमन्त्री पाउने थुप्रै धारा र उपधाराहरू छन्। त्यो सबै व्याख्या गर्न चाहन्न। म यति जोड्न चाहन्छु– यो पहिलोपटक हो संसदबाट हाेइन, जनताको जनादेशबाट हाेइन, तर सम्मानित सर्वोच्च अदालतको परमादेशबाट हामीले प्रधानमन्त्री प्राप्त गरेका छौँ।  यो मेरो अन्यथा टिप्पणी हाेइन। यथार्थ कुरा मैले राखेको हो।’

जतिसुकै चर्चाहरूको बाबजुत जनता बलिया भएका छन् भन्ने स्थापित भएको उनले बताए।

उनले  सहमति–असहमतिहरू भए पनि जतिसुकै चाहेर पनि देश पछाडि फर्केर जान नसक्ने बताए। उनले राजनीतिक दलले जनतालाई गलत सन्देश दिन नहुने बताए।  प्रतिनिधिसभा विघटनबारे सबैका आफ्ना धारणा भए पनि एमाले जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने बताए। एमाले जिम्मेवार नभएको भए पहिलो दिन नै हाउस अवरुद्ध गर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "देउवालाई बधाई दिँदै नेम्वाङले भने– एमाले जिम्मे..." A few seconds ago

सम्बन्धित खवर