प्रधानमन्त्री शेरबहादुर देउवालाई नरेन्द्र मोदी र इमरान खानको बधाई – Satabdi News

प्रधानमन्त्री शेरबहादुर देउवालाई नरेन्द्र मोदी र इमरान खानको बधाई

६ साउन २०७८, बुधबार । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ। टेलिफोन वार्तामा देउवालाई बधाई दिँदै मोदीले दुई देशबीचको सम्बन्ध थप मजबुत हुने बताएका थिए।साझा विषयमा मिलेर काम गर्ने मोदीले बताएका थिए। कोरोना महामारीविरुद्धको लडाइँ मिलेर लड्ने मोदीले बताएका थिए।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि  मोदीले आइतबार साँझ प्रधानमन्त्री देउवालाई टेलिफोनमा र सामाजिक सञ्जाल ट्विटरमा बधाई दिएका थिए। 

देउवालाई पाकिस्तानी प्रधानमन्त्री खानको बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएको भोलिपल्ट सोमबार पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई दिएका छन्। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य मुलुक पाकिस्तानका प्रधानमन्त्री खानले साझा हितका विषयहरूमा नेपालसँग निकटसँग सहकार्य गर्ने पनि बताएका हुन्।

प्रधानमन्त्री देउवालाई बधाई दिने उनी सार्कका दोस्रा नेता हुन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार साँझ प्रधानमन्त्री देउवालाई टेलिफोनमा र सामाजिक सञ्जाल ट्विटरमा बधाई दिएका थिए। पाकिस्तानका प्रधानमन्त्री खानले सामाजिक सञ्जालमा सोमबार बिहान देउवालाई बधाई दिएका हुन्।

खानले अंग्रेजी र उर्दू दुवै भाषामा बधाई दिएका छन्।  ‘म नेपालका प्रधानमन्त्री महामहिम शेरबहादुर देउवालाई प्रतिनिधिसभाबाट विश्वासको मत जितेकोमा बधाई दिन चाहन्छु,’ पाकिस्तानी प्रधानमन्त्रीले भनेका छन्, ‘पाकिस्तान नेपालसँग मैत्रीपूर्ण सम्बन्ध थप गहिरो बनाउन चाहन्छ र साझा हितका विषयहरूमा नेपालसँग निकट रूपमा सहकार्य गर्न प्रतीक्षारत छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रधानमन्त्री शेरबहादुर देउवालाई नरेन्द्र मोदी ..." A few seconds ago

सम्बन्धित खवर