कक्षा १२ को परीक्षा ३१ साउनदेखि गर्ने बोर्डको निर्णय – Satabdi News

कक्षा १२ को परीक्षा ३१ साउनदेखि गर्ने बोर्डको निर्णय

५ साउन २०७८, मंगलबार। कक्षा १२ को परीक्षा ३१ साउनदेखि ९ भदौसम्म सञ्चालन हुने भएको छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कोभिड– १९ बाट सुरक्षित हुने स्वास्थ्य मापदण्ड अपनाएर ३१ साउनदेखि भौतिक रूपमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए ।

बोर्डले परीक्षा दिने विद्यार्थी भएका सबै विद्यालयमा परीक्षा केन्द्र (होम सेन्टर) कायम गरेको छ । देशभरमा चार हजार तीन सय १० परीक्षा केन्द्र कायम भएका छन् । सञ्चालनका लागि कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले सर्तसहित अनुमति दिएको थियो । सिसिएमसीबाट परीक्षा सञ्चालनको अनुमति पाएपछि बोर्डको बैठक भौतिक उपस्थितिमा होम सेन्टरमा परीक्षा सञ्चालनको निर्णय गरेको हो ।

कक्षा १२ मा झन्डै पौने चार लाख विद्यार्थी छन् । गत जेठमा तय गरेको परीक्षा कोभिड– १९को संक्रमण उच्च भएपछि स्थगित भएको थियो । बोर्डले अघिल्लो वर्ष ४० प्रतिशत मूल्यांकनका लागि परीक्षा लिएको थियो । तर, यस वर्ष भने शतप्रतिशत नै परीक्षा लिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कक्षा १२ को परीक्षा ३१ साउनदेखि गर्ने बोर्डको न..." A few seconds ago

सम्बन्धित खवर