बेलबारी बोयर बोका/बाख्रा काण्डको छानबीन समितिले माग्यो थप १५ दिनको समय – Satabdi News

बेलबारी बोयर बोका/बाख्रा काण्डको छानबीन समितिले माग्यो थप १५ दिनको समय

बेलबारी। बेलबारी बोयर बोका/बाख्रा काण्डको छानबीन समितिले नगर पालिकासंग थप १५ दिनको समय माग्दै पत्र लेखेको छ। बेलबारी बोयर बोका/बाख्रा काण्डको छानबीन गर्न दिएको समय अवधि छोटो भएको साथै सत्य तथ्य बाहिर ल्याउन केहि समय लाग्ने भएकोले नगर पालिका संग थप समय मागिएको समितिको एक सदस्यले सताब्दी न्युजलाई बताए। यस ठेक्का प्रक्रियामा देखिएका ठेकेदारहरु असार महिना क्लोजिंग समय देखाउदै समिति संग सम्पर्कमा नआएकोले छानबिनमा ढिलाई हुन् सक्ने बताए।

यता छानबिन समितिले बेलबारी नगर पालिकाको कर्मचारीहरु , स्थानियबासिहरु, स्थानीय पत्रकारहरु ,बोयर बाख्रा पाउने कृषकहरु, साथै सम्बन्धित वार्ड अध्यक्षहरु संग समितिले सोध पुछ शुरु गरेको  बताए।

बेलबारी बोयर बोका/बाख्रा काण्डको छानबीन समिति यहि जेष्ठ ३१ गते बसेको कार्यपालिकाको निर्णयबाट गठन गरेको थियो। छानबिन समितिमा कार्यपालिका सदस्य बिन्दु कला गुरुङको संयोजकमा राष्ट्रिय पार्टीबाट प्रतिनिधि सहित ४ सदसिय समिति गठन गरिएको छ।बेलबारी नगरपालिकाले अस्ट्रेलियन फुल ब्लड पियोर बोएर बाख्रा भनेर बेलबारीका किसानहरुलाई जेठ १५ गते सनिबार बाडेको बाख्रा गलत भएको भन्दै बिरोध गरे पछि बोयर काण्ड बाहिर आएको हो।

छानबिन समिति : राजेन्द्र अधिकारि. बिन्दुकला गुरुङ. किशोर भण्डारी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी बोयर बोका/बाख्रा काण्डको छानबीन समितिले..." A few seconds ago

सम्बन्धित खवर