एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको वार्ता निष्कर्षविहीन – Satabdi News

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको वार्ता निष्कर्षविहीन

२३ असार, काठमाडौं । एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता निष्कर्षविहीन भएको छ । नक्सालस्थित एक होटेलमा बुधबार अबेर भएको वार्ता निष्कर्षविहीन भएको हो ।

कार्यदलस्तरमा छलफल सकारात्मक भएपछि ओली र नेपालबीच वार्ताको वातावरण बनेकोे थियो । वार्तास्थलबाट बाहिरिने क्रममा ओली र नेपालले प्रतिक्रिया दिएनन् ।

उपाध्यक्ष भीम रावलले शीर्ष नेताहरूबीच कुराकानी भएको बताए । समस्या समाधानका लागि पुनः कुराकानी हुने उनले जानकारी दिए । नेपाल पक्षबाट कार्यदल संयोजक रहेका रावलले कार्यदलमा पनि छलफल जारी रहेको जानकारी दिए ।

वार्तास्थलमा दुवै पक्षका दोस्रो तहका नेताहरू पुगे पनि ओली र नेपालबीच एक्लाएक्लै वार्ता भएको नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । कार्यदल सदस्यसमेत रहेका पाण्डेले बिहीबार कार्यदलमा थप छलफल हुने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको वार्..." A few seconds ago

सम्बन्धित खवर