युरोकप लगायतका खेलहरुमा सट्टाबाजी गर्ने ब्यक्तिहरु नगद सहित पक्राउ – Satabdi News

युरोकप लगायतका खेलहरुमा सट्टाबाजी गर्ने ब्यक्तिहरु नगद सहित पक्राउ

असार २१, काठमाडौं । युरोप र अमेरिकामा संचालन भईरहेको युरोकप र कोपा अमेरिका कप फुटबल खेलमा अनलाइन मार्फत् बाजी राख्न लगाउने आठ जना व्यक्ति पक्राउ परेको छन् ।

महानगरीय अपराध महाशाखाबाट असार २१ गते खटिएको विशेष टोलीले काठमाडौंको इन्द्र चोक, मरुटोल, न्यूरोड, क्षेत्रपाटी, गौरीघाट लगायतका बिभिन्न स्थानबाट अनलाईन बिटिङ्ङ गरि नगदी कारोबार समेत गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

उनीहरु सहित नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइल पनि बरामद गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं सुकेधारा बस्ने बर्ष ५७ को राजेन्द्र श्रेष्ठ प्रधान, काठमाडौं, ढोकाटोल बस्ने बर्ष ४७ को जिवन लामा, पर्सा बिरगंज म.न.पा.वडा नं.७ घर भई हाल काठमाडौं कुलेश्वर बस्ने बर्ष ४६ को सुरज टिवडेवाल, काठमाडौं कुलेश्वर बस्ने बर्ष ४६ अशोक कुमार गुप्ता, खैरहनी न.पा.वडा नं.५ टरौली घर भई हाल काठमाडौं धापासी बस्ने बर्ष ४५ को गोबिन्द प्रसाद आचार्य, भारत हरियाना विवरनी जिल्ला घर भई हाल काठमाडौं, इन्द्रचोक बस्ने बर्ष ४९ को राजेश कुमार अग्रवाल, भारत राजस्थान झुनझुन जिल्ला सुरजगढ घर भई हाल काठमाडौं क्षेत्रपाटी बस्ने वर्ष ३३ को सुचित डालमिया अग्रवाल र मोरङ बिराटनगर नगरपालिका वडा नं. ७ घर भई काठमाडौं मरुटोल बस्ने बर्ष ४६ को अमरनाथ गुप्ता पक्राउ गरेको महानगरीय अनराध महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "युरोकप लगायतका खेलहरुमा सट्टाबाजी गर्ने ब्यक्ति..." A few seconds ago

सम्बन्धित खवर