बेलबारी बोयर बोका/बाख्रा काण्डको छानबीन समिति नवलपरासी पुगेर फर्किए – Satabdi News

बेलबारी बोयर बोका/बाख्रा काण्डको छानबीन समिति नवलपरासी पुगेर फर्किए

बेलबारी । बेलबारी बोयर बोका/बाख्रा काण्डको छानबीन समिति कावासोती नगरपालिका नवल परासी पुगेर फर्किएको छ। बेलबारी नगरपालिकाका कार्यपालिका सदस्य बिन्दुकला गुरुङको नेतृत्वमा छानबीन समिति यहि १६ गते नवलपरासी पुगेको हो। बेलबारी बोयर काण्डले देसब्यापी रुपमा चर्चा पाए पछि सर्बदलिय छानबीन समिति गठन गरिएको हो।

छानबीन समिति नवलपरासीमा पुगेर छानबीनको सिलसिलामा बोयर बाख्रा सप्लाईमा मुछिएका व्यक्तिहरु , बोयर बाख्रा सप्लाई गर्ने केशर एग्रो फर्म र संचालक,कर्मचारी र गलत सुचना प्रबाह गर्ने कावासोती नगरपालिकाका कर्मचारीहरु संग छानबीन समितिले केरकार गरिएको समितिका प्रबक्ता राजेन्द्र अधिकारिले बताए। छानबीनको शिलसिलामा केहि व्यक्तिहरु अझै सम्पर्कमा नआएकाले छानबीन अझै १ हफ्ता लम्बिन सक्ने पनि बताए।

बेलबारी नगरपालिकाले अस्ट्रेलियन फुल ब्लड पियोर बोएर बाख्रा भनेर बेलबारीका किसानहरुलाई जेठ १५ गते सनिबार बाडेको बाख्रा गलत भएको भन्दै बिरोध गरे पछि बोयर काण्ड बाहिर आएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी बोयर बोका/बाख्रा काण्डको छानबीन समिति न..." A few seconds ago

सम्बन्धित खवर