शान्ति युवा समुहद्वारा स्वास्थ्य सामग्री वितरण – Satabdi News

शान्ति युवा समुहद्वारा स्वास्थ्य सामग्री वितरण

१९ असार, बेलबारी । शान्ति युवा समुह, बेलबारी-९, नलबारीले बेलबारी नगरपालिका स्थित विभिन्न स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्रीहरु बितरण गरेकाे छ ।शनिवार बेलबारी ९, बेलाईगाउँमा एक कार्यक्रमकाे आयाेजना गरि वडा अध्यक्ष मार्फत विभिन्न वडाका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री बितरण गरिएकाे हाे । ७ सेट अक्सिजन कन्सन्ट्रेटर (अक्सिजन उत्पादन गर्ने मेसिन), पिपिई, थर्मलगन, अक्सिमिटर, सर्जिकल माक्स, एन नाईन्टि फाईफ माक्स, हार्पिक, फिनेल र सेनिटाईजर लगायत करिब २६ लाख रुपैयाँ बराबरकाे स्वास्थ्य सामग्री वितरण गरिएकाे संस्थाका महासचिव रन्जना राईले जानकारी दिनुभयाे ।

बाेधिसत्वा विहार र चु झि फाउन्डेसन ताईवान (शान्त शर्मा र मास्टर) ले प्रदान गरेकाे साे सामग्री ल्याउन समुहका संरक्षक तथा समाजसेवी प्रकाश राईले विशेष पहल गर्नु भएकाे समुहका अध्यक्ष अजितकुमार धिमालले जानकारी दिनु भयाे । कार्यक्रमका प्रमुख अतिथि १ नं. प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझाले विश्व महामारी काेभिड १९ काे राेकथामका लागि प्रदेश सरकारले अधिकतम बजेट विनियाेजन गरेकाे बताउनुभयाे । काेभिड १९ काे राेकथामका लागि सबै पक्षकाे भुमिका अपरिहार्य भएकाे उहाँले बताउनु भयाे ।

कार्यक्रममा संस्थाका संरक्षक, समाजसेवी एवम् राजनीतिक व्यक्तित्व प्रकाश राईकाे सहयोगमा जेष्ठ नागरिकहरुलाई ८० थान झुल समेत बितरण गरिएकाे थियाे । कार्यक्रममा प्रमुख अतिथि १ नं. प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझा, अतिथिहरु बेलबारी नगरपालिकाका उपमेयर ढाकाकुमारी पराजुली, शान्ति युवा समुहका संरक्षक प्रकाश राई, नेकपा (एमाले) बेलबारी नगर कमिटिका ईन्चार्ज ईरान राई, २ नं. वडाअध्यक्ष धनश्याम गाैतम, ७ नं. वडाअध्यक्ष चेतबहादुर बस्नेत, ९ नं. वडाअध्यक्ष नगेन्द्र खड्का, ११ नं. वडाअध्यक्ष राजन पाेख्रेल, वडा नं. ४ का वडा सदस्य द्वय आनन्द माेते र मेदानि सापकोटा, वडा नं. ३ का वडा सदस्य निशाकिरण राई लगायतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा प्रमुख अतिथि एवम् अतिथिहरूले काठमाडौंबाट स्वास्थ सामग्री ल्याएर गाउँको स्वास्थ्य केन्द्रलाई उपलब्ध गराउनुहुने समाजसेवी एवम् राजनीतिक व्यक्तित्व प्रकाश राईलाई बिशेष धन्यवाद दिनुभयो ।

कार्यक्रममा प्रकाश राईले स्वास्थ्य नै धन हाे भन्ने मुल ध्येय रहेकाे हुदाँ गाउँलाई सिंहदरबार बनाउने लक्ष्यका साथ गाउँका जनताले गाउँमै स्वास्थ सुविधाको उपभाेग गर्न पाउनुपर्छ भन्ने मान्यता राखेर झुल लगायतकाे स्वास्थ्य सामग्री ल्याउन पहल गरेकाे बताउनुभयो । शान्ति युवा समुहका अध्यक्ष अजितकुमार धिमालकाे अध्यक्षतामा भएकाे कार्यक्रमलाई असिन राईले सन्चालन गर्नु भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "शान्ति युवा समुहद्वारा स्वास्थ्य सामग्री वितरण" A few seconds ago

सम्बन्धित खवर