नमूना युवा संसद अभ्यास कार्यक्रममा सहभागीको लागी अनलाईन फर्म दर्ता शुरु – Satabdi News

नमूना युवा संसद अभ्यास कार्यक्रममा सहभागीको लागी अनलाईन फर्म दर्ता शुरु

८ असार, काठमाडौ । विगत वर्षहरुमा झैँ यस वर्ष पनि राष्ट्रिय युवा परिषद्को वार्षिक कार्यक्रममा उल्लेख भएको आर्थिक वर्ष २०७७/०७८ को नमूना युवा संसद अभ्यास कार्यक्रम हालको महामारीलाई ध्यानमा राखी देहाय वमोजिम जुमको माध्यमबाट हुने भएकोले प्रदेश र संघीय तहमा सहभागी हुन ईच्छुक युवालाई मिति २०७८ आषाढ १७ गते ५ बजे भित्र अनलाईन आवेदन फारम भर्न यो सूचना प्रकाशीत गरिएको छ ।

आवेदन दर्ता गर्दा ध्यान पुर्‍याउनु पर्ने कुराहरुः

१. कार्यक्रममा सहभागी हुन ईच्छुक युवाको उमेर आवेदन फारम दर्ता गर्ने अन्तिम मिति २०७८ आषाढ १७ गते सम्म १६ वर्ष प्रवेश गरी २४ वर्षको उमेर भित्र हुनु पर्नेछ ।

२. प्रदेश तहको कार्यक्रम आषाढ २२, २३, २४ , २५ र २६ मा हुनेछ ।

३. संघीय तहको कार्यक्रम आषाढ २८, २९ र ३० मा हुनेछ ।

४. जुम लिङ्क र पासकोड सम्बन्धीत व्यक्तिको ईमेल ठेगानामा पठाइनेछ ।

५. विगत वर्षमा प्रदेश तहमा अभ्यास गरिसकेका युवाले पुनः प्रदेश तहमा सहभागी हुन पाउने छैनन् ।

६. विगत वर्षमा संघीय तहमा सहभागी भैसकेका युवाले दोहोर्‍याएर कुनै पनि तहमा सहभागी हुन पाउने छैनन् ।

७. सहभागी हुन ईच्छुक युवाको ईमेल ठेगाना, अनलाइन बस्नका लागि आवश्यक पर्ने स्मार्ट फोन वा कम्प्युटर र ईन्टरनेट सुविधा भएको हुनु पर्नेछ ।

८. प्रदेश तहको कार्यक्रममा सहभागी भएका युवाले प्रतिस्पर्धाका आधारमा संघिय तहको कार्यक्रममा सहभागी हुन पाउनेछन् ।

९. आवेदन दिएका युवाको छनोट समावेशी आधारमा हुनेछ ।

१०. सहभागी हुने युवाको न्यूनतम शैक्षिक योग्यता यस ई ई वा सो भन्दा माथी हुनु पर्नेछ ।

११. सहभागी छनोटको आधार “युवा क्लब गठन तथा युवा संसद सञ्चालन कार्यविधि, २०७५ (संशोधन सहित)” बमोजिम हुनेछ ।

१२. राष्ट्रिय युवा परिषद्बाट आर्थिक वर्ष २०७७/०७८ मा ससर्त अनुदानका कार्यक्रम गएका स्थानीय तहका सिफारीसलाई प्राथमिकता दिइ प्रदेश स्तरीय नमूना युवा संसद अभ्यासमा न्यूनतम एक महिला सहित वढिमा दुइ जना सहभागी गराइनेछ ।

https://docs.google.com/forms/d/1oFyK_iuCCfDwA9q1vdf8MfQOIuUz5NYSOzqaIamQOL0/edit

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नमूना युवा संसद अभ्यास कार्यक्रममा सहभागीको लाग..." A few seconds ago

सम्बन्धित खवर