पहिरोले थुनिएको नदी एक्कासी खोलिँदा मेलम्चीमा बाढीको वितण्डा – Satabdi News

पहिरोले थुनिएको नदी एक्कासी खोलिँदा मेलम्चीमा बाढीको वितण्डा

२ असार, काठमाडौं । पहिरोले मेलम्ची नदी थुनिएको र उक्त बाँध एक्कासी फुट्दा मेलम्ची बजार डुवाउने गरी बाढी आएको पाइएको छ । मंगलबार राति एक्कासी मेलम्ची नदीमा बाढी आउँदा मेलम्ची बजारको तल्लो क्षेत्र डुवानमा परेको थियो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार मेलम्चीमा आएको बाढीका कारण मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका २० जना हराएका छन् । शव फेला परेका एक जनाको सनाखत हुन सकेको छैन । सम्पर्कविहीन भएका २० जनामध्ये ३ जना भारतीय र ३ जना चिनियाँ नागरिक छन् ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले ७४ जनालाई सकुशल उद्धार गरेको छ । एक चिनियाँ नागरिकसहित ५ जना घाइतेलाई धुलिखेल अस्पतालमा उपचारका लागि ल्याइएको छ ।
बाढीले मेलम्ची नगरपालिकाका ६०० जना, हेलम्बु गाउँपालिकाका ३०० जना स्थानीय वासिन्दा प्रभावित भएका छन् । हेलम्बु गाउँपालिकाका ३ वटा र मेलम्चीमा एउटा झोलुंगे पुल, हेलम्बु गाउँपालिकामा ३ वटा र मेलम्चीमा एउटा पक्की पुल बाढीले बगाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "पहिरोले थुनिएको नदी एक्कासी खोलिँदा मेलम्चीमा ब..." A few seconds ago

सम्बन्धित खवर