बाढी र डुवानपछिको मेलम्ची बजार – Satabdi News

बाढी र डुवानपछिको मेलम्ची बजार

२ असार, काठमाडौं । मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण अत्यधिक प्रभावित भएको सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्र बुधबार दिनभर जसो डुवानमा पर्‍यो ।

दिनभर पनि पानी परेकाले नदीको सतह नघट्दा बजारका धेरैजसो घरका बासिन्दा इन्द्रेश्वर माध्यमिक विद्यालय र प्रहरी चौकी भएको क्षेत्रमा आश्रय लिएर बसेका छन् । बाढीका कारण मेलम्ची नगरपालिकाका ६०० जना प्रभावित भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गए रातिदेखि परेको अविरल वर्षाका कारण मेलम्ची नदी थुनिएपछि बाँध फुटेर बाढी र पहिरो आएको खनालले बताए । त्यसक्रममा पानीमा फसेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतले ६० जनाको उद्दार गरेका छन् ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार घरको छतमा फसेका ४ जनालाई ‘एयर लिफ्ट’ गरेर सुरक्षित स्थानमा लगिएको थियो । बाढीले मेलम्ची आयोजनाका ८ जना कर्मचारी सम्पर्कविहीन भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बाढी र डुवानपछिको मेलम्ची बजार" A few seconds ago

सम्बन्धित खवर