बेलबारी बोयर काण्डका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु – Satabdi News

बेलबारी बोयर काण्डका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु


बेलबारी ।
बेलबारी बोयर काण्डका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ । छानविन सुरु गरेको अख्तियारले सोमबार नै बेलबारी नगरपालिकालाई पत्र काटेको छ । शतप्रतिशत शुद्ध अष्ट्रेलियन बोयर बोकापाठी खरिद गर्दा घोटाला भएको विषयमा आइतबार बेलबारीका युवाहरुले अख्तियारको इटहरीस्थित कार्यालयमा छानविनका लागि उजुरी दिएका थिए । उजुरी आएकै भोलीपल्ट अख्तियारले बेलबारी नगरपालिकालाई पत्र काटेको हो ।

बोयर बाख्रा काण्डको बिरोध गर्दै बेलबारी युबा

अख्तियारले नगरपालिकालाई लेखेको पत्रमा बोयर बोकापाठी खरिद के कस्तो प्रकृयाबाट भएको हो,भुक्तानी भएको छ वा छैन्, खरिद प्रकृयासँग सम्बन्धित सम्पुर्ण कागजात सहित जानकारी पठाउन भनेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालय स्रोतले बताएको छ । यता बेलबारी नगरपालिका स्रोतले पनि पत्र प्राप्त भैसकेको जानकारी दिएको छ ।

अष्ट्रेलियाबाट ल्याएको फुल ब्लड अष्ट्रेलियन बोयर भन्दै नगरपालिकाले बेलबारीका किसानलाई बोकापाठी वितरण गर्दा घोटाला भएको दावी सहित बेलबारीका युवाहरुले आइतबार अख्तियारको क्षेत्रिय कार्यालयइटहरीमा उजुरी दिएका थिए ।

उनीहरुले बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी, प्रसासकिय प्रमुख प्रदिप शाह,बेलबारी १ का उत्तम गिरी,ग्रो अर्गानिक कृषि फर्मका प्रतिनिधि भनिएका श्याम पाण्डे र सुदिप चौधरी तथा बेलबारी नगरपालिकाका अन्य जनप्रतिनिधिको समेत संलग्नतामा १ करोड १ लाख रुपैयाँ बराबरको घोटाला भएको भन्दै छानविन गरी आवश्यक कारवाहीका लागि उजुरी दिएका हुन् ।

संयोजक बिन्दुकला गुरुङ

छानबिन समितिको संयोजकमा बिन्दुकला गुरुङ

सोमबार अबेर गरि बसेको बेलबारी कार्यपालिकाको बैठकबाट नया छानबिन समितिको संयोजकमा बिन्दुकला गुरुङलाई छानिएको छ। पहिलो छानबिन समितिको संयोजकमा उपमेयर ढाका पराजुलीलाई नियुक्त गरीएपनि आफु संयोजक भएर काम नगर्ने भनि कार्यपालिकालाई निबेदन पठाएपछि छानबिन समिति भंग गरिएको थियो।
पुन दोस्रो छानबिन समिति बनाउने भनि बेलबारी नगरपालिकाले सर्बदलिय बैठक बोलाएको थियो। सर्बदलिय बैठकबाट नँया छानबिन समिति गठन गर्ने सहमति भएको थियो।मंगलबार नँया छानबिन समिति गठन भए लगत्तै राजनीतिक दलहरुबाट प्रतिनिधि माग्दै १ हफ्ता भित्र प्रतिबेदन बुझाउन भन्दै पत्र कटिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी बोयर काण्डका विषयमा अख्तियार दुरुपयोग अ..." A few seconds ago

सम्बन्धित खवर