नेपाली महिला पनि भारतीय सेनामा भर्ती हुन पाउने – Satabdi News

नेपाली महिला पनि भारतीय सेनामा भर्ती हुन पाउने

३१ जेठ, काठमाडौ । नेपाली महिलाहरूले पनि अबदेखि भारतीय सेनामा भर्ती हुन पाउने भएका छन् । नेपालस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाले सूचना जारी गर्दै नेपाली महिलाहरू पनि भारतीय सेनामा महिला सेना प्रहरी (सामान्य प्रहरी) भर्ना हुन पाउने जानकारी दिएको हो।

१० कक्षा पास गरेका, १७ वर्ष ६ महिना देखि २१ वर्षसम्मका महिलाहरूले भर्ती हुन आदेवन दिन सक्ने दूतावासले जनाएको छ । त्यस्तै, महिलाको उचाइ १५२ सेन्टिमिटर हुनुपर्ने भनिएको छ ।

आवेदन भने अनलाइनमार्फत् जुन ६ देखि २० जुलाई सम्ममा भर्नुपर्नेछ । वीर नारीहरूको हकमा भने ३० वर्षसम्मको उमेरलाई छुट दिइएको छ । भूपू सैनिक, वीर नारी र विधवा सैनिकका छोरीहरूका लागि तौलमा २ किलो छुट र लिखित परीक्षामा २० अकको बोनस जोडिने दूतावासले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपाली महिला पनि भारतीय सेनामा भर्ती हुन पाउने" A few seconds ago

सम्बन्धित खवर