बेलबारी नगरपालिकाको गेट अगाडी "हामी बिदेशी बोका/बाख्रा होइनौं" भन्दै बिरोध कार्यक्रम – Satabdi News

बेलबारी नगरपालिकाको गेट अगाडी “हामी बिदेशी बोका/बाख्रा होइनौं” भन्दै बिरोध कार्यक्रम

३१ जेठ, बेलबारी । मोरङ स्थित बेलबारी नगरपालिकाको गेट अगाडि बेलबारीको अग्रगामी युवाहरुको समुहले बोयल बाख्रामा भएको भष्टाचारको विरुद्धमा घरेलु बाख्रा प्रदर्शन सहित बिरोध कार्यक्रम सम्पन्न भएको छ ।

बिरोध कार्यक्रममा युवाहरुले बाख्राको घाटीमा प्ले कार्ड राखि हामी बिदेश बोका होईनौं, नेपाली बोका हौं, हामीलाई बिदेशी भन्न पाईन्न, हामी चहाज चढेर आएका होईनौं, हाम्रो घर नवलपरासी हो, जस्ता दर्जनौ नाराहरु लेखिएको नारासहित चर्को बिरोध कार्यक्रम बेलबारी नगरपालिकाको गेटमा गरेका छ्न । बिरोध कार्यक्रममा सुजित बस्नेत, रिक्त गुरुङ, खेम गौतम, विशाल थापा, बिपिन आर्चाय आदि लगायत अन्य सक्रिय युवाहरुको सहभागीता रहेको थियो ।

लगभग २ हप्ता अगाडि बेलबारी नगरपालिकाले कृषक किसानहरुलाई अष्ट्रेलियाबाट चार्टर गरि ल्याईएको भनि फुल ब्लड बोयर जातको बाख्रा बितरण नभई नेपालको नबलपरासी ठाउको बोका/बाख्रा बितरण गरि गरिब किसानहरुको नाममा भएको करोडौं भष्टाचार गरेकोमा दबाबमुलक कार्यक्रम गरेको कुरा सुजित बस्नेतले शताब्दी न्युजलाई बताए । हिजै मात्र अख्तियार अनुसन्धान आयोग क्षेत्रीय कार्यलय बिभाग ईटहरीमा समेत उजुरी दिएको कुरा समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी नगरपालिकाको गेट अगाडी “हामी बिदेश..." A few seconds ago

सम्बन्धित खवर