गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त – Satabdi News

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

२९ जेठ, काठमाडौ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा विपक्षी गठबन्धनका उम्मेद्वार कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका पोखरेलले आफूलाई मुख्यमन्त्री नियुक्ति गरियोस भन्दै गण्डकी प्रदेशका ३१ सांसदसहित प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए।

पोखरेलले शुक्रबार मुख्यमन्त्री दाबी गर्दै आफूलाई प्रदेश सभाका बहुमत ३१ सांसदको समर्थन रहेको पत्र प्रमुखकहाँ दर्ता गराएका थिए ।

प्रदेश प्रमुख सीता पौडेलले शनिबार ३ बजेभित्र दाबी पत्र पेस गर्न आह्वान गरेकी थिइन्। तर उक्त समयसीमा भित्र पनि नियुक्ति नपाएको भन्दै कांग्रेस, माओवादी, जसपा र जनमोर्चाका सांसद धर्ना बसेका थिए।

नेपाली कांग्रेस संसदीय दलका ७१ वर्षीय नेता पोखरेल नवलपरासी पूर्व १ (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखर..." A few seconds ago

सम्बन्धित खवर