बेलबारी बोयर बाख्रा काण्डबारे बनेको छानविन समितिबाट उपमेयर हटाइए : – Satabdi News

बेलबारी बोयर बाख्रा काण्डबारे बनेको छानविन समितिबाट उपमेयर हटाइए :

बेलबारी । बेलबारी बोयर बाख्रा काण्डबारे छानविन गर्न बेलबारी नगरपालिकाको कार्यपालिकाले यहि मिति २०७८ जेष्ठ २५ गते गठन गरेको छानविन समिति खारेज गरिएको छ।

बेलबारी नगरपालिकाले उपमेयर ढाका पराजुलीको संयोजकमा ७ सदस्य छानबिन समिति गठनगर्ने निर्णय गरेको ४८ घण्टा नबित्दै खारेज गरि पुन नयाँ छानबिन समिति बनाउने आज निर्णय गरेको श्रोतले बताएका छन्। उपमेयरले छानबिन समितिको संयोजकमा बसेर काम गर्न नसक्ने भन्दै निबेदन दर्ता गराए पछि छानबिन समिति नै प्रभाबमा परेको थियो।

छानबिन समिति नै प्रभाब पर्ने स्तिथि आए पछि मेयर ज्ञानेन्द्र सुबेदीले आज शुक्रबार सर्बदलिय बैठक बोलाएका थिए। बैठकमा राष्ट्रिय पार्टीहरु क्रमस : नेकपा एमाले वोली समुह, नेपाली कांग्रेस पार्टी, नेकपा मावोबादी एकीकृत र जनता समाजबादी पार्टीका प्रमुख तथा प्रतिनिधिहरु सहित मेयर ज्ञानेन्द्र सुबेदी र प्रशाशकिय अधिकृत प्रदिप शाह लगायत कर्मचारीहरु बैठकमा उपस्तिथी थियो।

कार्यपालिका सदस्य मध्ये कुनै एक सदस्यको संयोजकमा नयाँ छानबिन समिति बनाउनु पर्ने राजनीतिक पार्टीहरुले माग राखेपछि नगरपालिका सहमत भएको बैठकमा उपस्तिथ जसपाका नेता कमल गुरुङले सताब्दी न्युजलाई बताए।अब बन्ने छानबिन समितिमा १ संयोजक सहित् राष्ट्रिय पार्टीका प्रतिनिधि १ /१ जना गरेर जम्मा ५ जनाको नयाँ छानबिन समिति बन्ने बताए। यस समितिले छानबिन गर्न पूर्ण अधिकार सहित हुने सहमति भएको गुरुङले बताए।

मेयर ज्ञानेन्द्र सुबेदी

संयोजक को हुने भन्ने जिज्ञासा राख्दा त्यो कार्यपालिकाको बैठकबाट निर्णय हुने बताए। अहिले सम्म नेकपा एमालेबाट कृष्ण गुरुङ नेकपा मावोबादी एकीकृतबाट किशोर भण्डारी लाई छानबिन समितिको सदस्यकोलागि पठाइसकेको छ। नेपाली कांगेस र जसपाबाट भने छानबिन समितिको सदस्यकोलागि सदस्यकोलागि प्रतिनिधि आई नसकेको मेयर सुबेदीले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी बोयर बाख्रा काण्डबारे बनेको छानविन समित..." A few seconds ago

सम्बन्धित खवर