२७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । ओलीले पछिल्लोपटक बिहीबार विस्तार गरेसँगै मन्त्रिपरिषद् २५ सदस्यीय भएको छ । विस्तारित मन्त्रिपरिषद्मा एमाले नेता खगराज अधिकारीले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका ओलीले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनाइएका छन् ।
यससँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । २५ सदस्यीय मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र तीन राज्यमन्त्री भए ।
नवनियुक्त मन्त्री र राज्यमन्त्रीले बिहीबार नै शपथ लिएका छन् । शीतलनिवासमा आयोजित समारोहमा मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारी र राज्यमन्त्रीलाई प्रधानमन्त्री ओलीले शपथ दिलाएका हुन् ।
यस्तो बन्यो २५ सदस्यीय मन्त्रिपरिषद्