बेलबारी ब्रोयेर बाख्रा काण्डको छानबिन समिति गठन गर्ने निर्णय : संयोजकमा उपमेयर – Satabdi News

बेलबारी ब्रोयेर बाख्रा काण्डको छानबिन समिति गठन गर्ने निर्णय : संयोजकमा उपमेयर

बेलबारी। बेलबारी नगर पालिकाले ब्रोयेर बाख्रा काण्डको सत्य तथ्य जनताको बिचमा ल्याउने उद्देश्य सहित छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। बेलबारी नगर कार्यपालिका यहि मिति जेष्ठ २४ गते बैठक बसी छानबिन समिति गठन गर्ने निर्णय गरिएको हो। छानबिन समिति मा उपमेयर को संयोजक मा राष्ट्रिय मान्यता प्राप्त पार्टी प्रमुख तथा प्रतिनिधि एक जना , इन्जिनियर झक बहादुर थापा र पशु बिकाश प्रमुख सदस्य हुने गरि छानबिन समिति गठन गरिने निर्णय गरि राजनीतिक दललाई पत्र काटिएको छ। जेष्ठ २७ गते काटिएको पत्रमा छानबिन समितिले मिति २०७८ जेष्ठ २६ गते देखि १ हफ्ता भित्र छानबिनको प्रतिबेदन बुझाउन भनिएको छ। उक्त पत्रमा बेलबारी प्रशासकीय प्रमुख प्रदिप शाहले हस्ताक्षर गरिएको छ।

बेलबारी नगरपालिकाले जेष्ठ १५ गते सनिबार बेलबारी नगर क्षेत्र भित्र रहेका आर्थिक बिपन्न किसानहरुलाई लक्षित गर्दै आर्थिक स्तर उकास्ने कार्यक्रम अन्तर्गत सनिबार कृषक समुह र ब्यवसायिक फर्महरुलाई ९० वोटा अस्ट्रेलियन बोयर बाख्राहरु वितरण गरेका थिए।

अस्ट्रेलियाबाट ल्याएको भनिएको बोयर जातका बाख्रा सक्कली नभएको, जनप्रतिनिधिका आसेपासे, नातागोता, आफन्तलाई मात्र सुटुक्क वितरण गरिएको, असली किसानले नपाएको र यस बोयर बाख्रा खरिदमा आर्थिक चलखेल भएको भन्दै चौतर्फी बेलबारीका किसान र नगरबासिहरुबाट आलोचना भएका थिए। बेलबारी नगरका राजनीतिक दलहरुले बिज्ञप्ति निकाल्दै सर्बदलिय छानबिन समिति गठन गर्न नगर बेलबारी नगर पालिका संग माग गरिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी ब्रोयेर बाख्रा काण्डको छानबिन समिति गठन..." A few seconds ago

सम्बन्धित खवर