विपक्षी गठबन्धनको रणनीति र पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा देउवानिवासमा छलफल – Satabdi News

विपक्षी गठबन्धनको रणनीति र पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा देउवानिवासमा छलफल

२४ जेठ २०७८, सोमबार । विपक्षी गठबन्धनको बैठकले वर्तमान सरकारले एकपछि अर्को धाँधलीयुक्त र भ्रष्ट कार्य गरेको निष्कर्ष निकालेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा सोमबार साँझ करिब डेढ घन्टाको छलफलमा प्रदेश २ र गण्डकी प्रदेशको सरकारबारे पनि कुराकानी भएको छ । छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट निष्कासित वरिष्ठ नेता माधवकुमार नेपाल देउवानिवास बुढानीलकण्ठ पुगेका हुन् ।  

स्थायी कमिटीका नेताहरूसँगको भर्चुअल छलफलपछि नेपाल सोमबार साँझ बुढानीलकण्ठ पुगेका छन् । सोमबार दिउँसो देउवासँग छलफल गरेका प्रचण्ड साँझ पुनः बुढानीलकण्ठ पुगेका थिए ।

प्रदेश सरकारमा विपक्षी गठबन्धनको रणनीति र पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको नेताहरूले बताएका छन् ।

विपक्षी एकजुट छन् भन्ने सन्देश दिन भेटघाट भएको एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "विपक्षी गठबन्धनको रणनीति र पछिल्ला राजनीतिक घटन..." A few seconds ago

सम्बन्धित खवर