“सिद्धान्त र सुत्र भन्दा बाहिर पनि सुन्दर संसार छ ।” फरक आयाम – Satabdi News

“सिद्धान्त र सुत्र भन्दा बाहिर पनि सुन्दर संसार छ ।” फरक आयाम

१९ जेठ, काठमाडौ । देश जुनबेला कोरोनाको दोस्रो लहरसँग जुधिरहेको छ । यसले विश्वकै स्वास्थ्य क्षेत्रलाई संकटमा त पारि नै रहेको छ यससँगै यसले निम्ताएको अर्थिक–सामाजिक स्थितिको संकटप्रति वर्तमान कामचलाउ सरकार अनुत्तरदायी छ । वैशाख २७ गते विश्वासको मत प्राप्त गर्न असफल के.पी शर्मा ओली नेतृत्वको सरकार बहुमतको सरकार बनाउन सक्ने सम्भावनालाई निरंकुश शैलीमा असंवैधानिक तवरले संसदको विघटन गर्दै आफ्नो सत्तालिप्सा चरित्रलाई स्पष्ट पारिसकेका छन् ।

यससँगै उक्त असंवैधानिक सरकारका अर्थमन्त्री विष्णु पौडेलद्धारा ल्याएको ७८÷७९ को राष्ट्रिय वार्षिक योजना प्रति फरक आयामको ध्यानआकर्षण भएको छ । आर्थिक बजेटको संस्कृति अन्तर्गत रहेको बुँदा नं २४० देखि २४४ सम्म बुँदाहरुले संरक्षण गरिरहेको सम्पदाहरुलाई गुरु योजना भनि सम्बोधन गरि अर्बौँ खर्च छुटाउने उक्त वार्षिक कार्ययोजनाले जब जलयातायात योजना अन्तर्गत बुँदा नं ३०४ मा कोशी चतरा देखि भोजपुरको सम्मको अवरोध (खुवालुङ्ग) हटाउने साथै हवाई पुर्वाधार अन्तर्गत सुकेटार विमानस्थललाई स्व. रवीन्द्र अधिकारी र चुहानडाँडा विमानस्थललाई स्व. आङ छिरिङ शेर्पाको रुपमा मनोमानी रुपमा रुपान्तरण गर्नुले नेपालको राजतन्त्रको आभाष गराउँछ । र यो राज्यसत्ताको एकल नश्लीय चिन्तनको उपज हो । जसको फरक आयाम घोर भत्र्सना गर्दछ ।

देशका व्यवस्थाहरुले सदियौँदेखि पछि पारिएका जातिहरुको सम्पदाहरुमाथि खुलेआम अतिक्रमण गर्ने योजनाहरु अघि पटक पटक अघि सारिनुले संस्थागत विभेदलाई नश्लीय राज्यसत्ताको नियतलाई उदांगो पारेको छ । जसको विरोध फरक आयामले सदैव गरेको छ । हरेक माटोको आफ्नै ऐतिहासिक, सांस्कृतिक सुगन्ध हुन्छ । सौन्दर्यको आफ्नै फरक विश्वदृष्टिकोण हुन्छ । यसलाई राज्यसत्ताको भाष्यले व्यवस्थाका खोलहरु फेरेपनि चरित्र नफेरिनु आफैँमा दुःखदायी विषय हो । विकासको नाममा देशभित्रकै एक नागरिकलाई सुनियोजित यसरी ढङ्गले उसको जाति, आस्था फरक भएकै आधारमा शोषण गर्ने मानसिकता फेरि पनि निरंकुश राणाकालिन, राजतन्त्रकालिन हिङ्गकै निरन्तरता हो ।

फरक आयाम आदिवासी जनजातिहरुमाथि भएको यो संस्थागत विभेदको विरुद्धमा उभिन्छ । र यो विभेदको विरुद्ध उभिएका सम्पुर्ण आवाजहरुप्रति ऐक्यवद्धता जनाउँदै साहित्यकार, पत्रकार, नागरिक समाज, विद्यार्थी, राजनितीकर्मी, बुद्धिजिवी तथा सम्पुर्ण आम् नागरिकहरुमा एकल नश्लीय, दलाल पुँजिवादी, निरंकुश चिन्तन विरुद्ध उभिन आह्वान गर्दछौँ ।

जितेन पन्धाक
संयोजक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "“सिद्धान्त र सुत्र भन्दा बाहिर पनि सुन्दर संसार..." A few seconds ago

सम्बन्धित खवर