अष्ट्रेलियन वोयर जातका बोका र बाख्रा तोकिएको मापदण्ड अनुसार बितरण नभएकोमा जसपा बेलाबारी अध्यक्ष तिलक राईको आपत्ति – Satabdi News

अष्ट्रेलियन वोयर जातका बोका र बाख्रा तोकिएको मापदण्ड अनुसार बितरण नभएकोमा जसपा बेलाबारी अध्यक्ष तिलक राईको आपत्ति

२० जेठ, बेलबारी । बन्दाबन्दीको समयमा बेलबारी नगरपालिकाले अष्ट्रेलियन वोयर जातका बोका र बाख्रा तोकिएको मापदण्ड अनुसार बितरण नभएको जसपा अध्यक्ष तिकल राईले संगठनको तर्फबाट ध्यानाकर्षण मार्फत आपत्ति जनाएका छ्न ।

कोरोना महामारीको समयमा मिति २०७८ जेठ १५ गते बेलबारी नगरपालिका र ११ वटै वडा समितिको निर्णय र सिफारिस अनुसार बितरण गरिएको अष्ट्रेलियन वोयर जातका बोका र बाख्रा तोकिएको मापदण्ड अनुसार नभएको, अष्ट्रेलियनबाट ल्याईएको भनी प्रचार गरिए पनि त्यो नभएको विभिन्न सामाजिक संजाल र संचार माध्यम पत्र पत्रीकामा आएको समाचार प्रती जनता समाजबादी पार्टी नेपाल, बेलबारी नगर समिती मोरङ् गम्भीर ध्यानाकर्षण व्यक्त गर्दछ । बेलबारी नगरपालिका र ग्रो अर्गानिक कृषि प्रा.ली. बीच अष्ट्रेलियन फुल बोल्ड बोयर बोका र बाख्रा उपलब्ध गराउने
सम्झौता मिति २०७८ जेठ २ गते गरिएको हो भन्ने ब्यहोरा नगरपालिकाको विज्ञप्तिबाट थाहा पाएको सर्बबित्तिकै छ ।

बन्दाबन्दीको समयमा सम्झौता गरिएको १३ दिन पछि बितरण गरिएको शतप्रतिशत अष्ट्रेलियन शुद्ध वोयर जातका बोका/ बोख्रा हो भनेर प्रमाण दिन नसक्नु, अष्ट्रेलियाबाट वोयर भित्रिएको कुनै प्रमाण सम्बन्धित निकायसंग रहेको भनी संचार माध्यममा समाचार पेश गर्न नसक्नु र बेलबारीका कृषकहरुले पाएका अष्ट्रेलियन वोयर बोका र बाख्रा प्रती असन्तुष्टि व्यक्त गर्नु बिषयले बेलबारी नगरपालिकाले बोयर बाख्रा ल्याएर किसानलाई बितरण गर्ने नाममा बन्दाबान्दीको समयमा ठूलो आर्थिक चलखेल भएको छ । जुन आफैमा खेदजनक र भत्सर्नायोग्य छ ।

जनता समाजबादी पार्टी नेपाल, बेलबारी नगर समितीले बेलबारीमा भएका अन्यायको बिरोध, बिभेदको विरुद्धको सशक्त आवाज उठाउदै आएको बेला यस्तो विषम परिस्थितिमा दुई पक्ष बीच सम्झौता अनुरुप रु १,२४,००००० (अक्षेरुपी एक करोड चौबीस लाख रुपैया) बोयर जातका बोकाबाख्रा किसानलाई बितरण गरिने नाममा नागरिकको आखामा छारो हाली कृषकलाई झुक्याउने, ठग्ने र ठूलो आर्थिक अनियमितता ठहर भएको कुरा जसपा नेपाल बेलबारी नगर कमिटीको रहेको छ । उक्त अनियमितता बारे सत्यतथ्य छानबिन गर्न सर्बदलिय, सर्बपक्षिय छानबिन समिती गठन गर्न जसपा नेपाल बेलबारी नगर कमिटी, मोरङ जोडदार माग गर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अष्ट्रेलियन वोयर जातका बोका र बाख्रा तोकिएको मा..." A few seconds ago

सम्बन्धित खवर