बेलबारीमा कोरोनाबाट एक महिलाको मृत्यु – Satabdi News

बेलबारीमा कोरोनाबाट एक महिलाको मृत्यु

३० वैशाख, मोरङ । बेलबारी ३ की एक ४२ बर्षिया महिलाको मृत्युसँगै बेलबारीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । ती महिला कोशी कोभिड अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको बेलबारी स्वास्थ प्रमुख सन्तोष बिकले बताए ।

मृतक महिलाका परिवारका ७ जना सङ्क्रमित रहेका छन् । यसअघि बेलबारी २ का एक पुरुषको कोरोना सङ्क्रमणका कारण होम आइसोलेसनमा नै मृत्यु भएको थियो । बेलबारीमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १ सय १५ जना रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीमा कोरोनाबाट एक महिलाको मृत्यु" A few seconds ago

सम्बन्धित खवर