आदिवासी किरातीको समधीस्थलमा डोजर लगाएकोमा विद्यार्थी महासंघको अध्यक्ष अशोक राईको भत्सर्ना – Satabdi News

आदिवासी किरातीको समधीस्थलमा डोजर लगाएकोमा विद्यार्थी महासंघको अध्यक्ष अशोक राईको भत्सर्ना

अशोक राई

१९ वैशाख २०७८, आइतबार । झापा जिल्ला, मेचिनगर नगरपालिका वडा नं ६, काकरभिट्टा मेची पुल दक्षिणपट्टि रहेको आदिवासी जनजातीहरुको पबित्र समाधीस्थल, धार्मिक, सांस्कृतिक तथा मानवीय संबेदनासंग जोडिएको स्थानमा स्थानीय सरकारद्दारा बिकाशको नाममा डोजरले नष्ट गर्ने कार्यप्रति नेपाल आदिबासी जनजाति विद्यार्थी महासंघको अध्यक्ष अशोक राईले घोर भत्सर्ना गरेका छ ।

सामाजिक संजाल फेसबुक मार्फत नेपाल आदिवासी जनजाती विद्यार्थी महासंघका अध्यक्ष लेख्नु हुन्छ “हेक्का रहोस्, स्थानीय सरकार… मुलुकी अपराध (संहिता) ऎन २०७४ को परिच्छेद ९ को धर्म सम्बन्धी कसुरको दफा १५५ को उपदफा (१) ले कसैले कुनै जात, जाती, सम्प्रदाय वा बर्गको धार्मिक आस्था वा धर्मको घृणा गर्ने वा अपमान गर्ने नियतले वा वर्गको धार्मिक आस्था वा धर्मको घृणा गर्ने वा अपमान गर्ने नियतले वा सो हुन सक्छ भन्ने जानी जानी कुनै धार्मिक पुजा, प्राथना वा कर्म गर्ने स्थान वा पबित्र मानिएको कुनै स्थान, बस्तु, मशानघाट वा चिहानलाई हानी वा नोक्सान वा क्षति पुर्याउन वा कुनै किसिमले दुषित गर्न, बिर्गान, फ़ोहोरमैला गर्न वा यस्तै अन्य कार्य गर्न हुदैन, भन्ने कुरा स्पष्टसाथ ऎनमा लेखिएको छ । यति मात्र होइन यसैको, (२) उपदफा (१) बमोजिमको कसुर गर्ने वा गराउने ब्यक्तिलाई ३ बर्ष र ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ भनेर सजायको ब्यबस्था पनि गरिएको छ । स्थानीय सरकार… जसले आदिवासी जनजातिको पबित्र आस्थाको धरोहर चिहान माथी बिकाशेको नाममा गरिएको हानी, नोक्सानी, क्षति गर्ने र गराउनलाई ३ बर्षसम्मको कैद र ३० हजारको जरिवाना गरियोस् । ताकि कसैले आगामी दिनमा कसैको आस्था, बिश्वास, धरोहर पबित्र मानिने स्थानमा बिकाशेको नाममा डोजर लगाउने आंट कसैले गर्न नसकोस । यदि ऎनले ब्यबस्था गरिएको कुरा कार्यन्वयन नगर्ने हो हाम्रो धर्यताको सीमा नाघ्नेछ, र यसको जवाफदेही स्थानीय सरकार हुनेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आदिवासी किरातीको समधीस्थलमा डोजर लगाएकोमा विद्य..." A few seconds ago

सम्बन्धित खवर