रोहिंग्या शरणार्थीको एउटा समूह झापा र मोरङ छिरेको आशंका – Satabdi News

रोहिंग्या शरणार्थीको एउटा समूह झापा र मोरङ छिरेको आशंका

१८ वैशाख, विराटनगर । म्यानमारको सेनाबाट लखेटिएपछि बंगलादेशमा बस्दै आएका रोहिंग्या शरणार्थीको एउटा समूह झापा र मोरङ छिरेको छ । खुला सीमाको फाइदा उठाउँदै एजेन्ट मार्फत मोरङमा ६ र झापामा १०–१२ जनाको समूह छिरेको सुरक्षा सम्बद्ध अधिकारीहरु बताउँछन् ।

भारतबाट लुकिपिछी झापा र मोरङ छिरेकाहरुको प्रशासनले खोजी गरिरहेको छ । तर उनीहरु भेटिएका छैनन् । स्रोतका अनुसार झापाको काँकडभिट्टाबाट छिरेको समूह झापाको कमल गाउँपालिकासम्म पुगेको देखिन्छ । त्यसयता भने भेटिएका छैनन् ।

६ जनाको दुई परिवार विराटनगर छिरेको थियो । चोर बाटो हुँदै भित्रिएको जानकारी पाए पनि विराटनगर आएका ६ जनाको परिवार सम्पर्कमा छैनन् । झापा र मोरङबाट दुई वटा समूह कोरोना महामारीको दोस्रो लहर सुरु भएकै अवस्थामा नेपाल भित्रिएको थियो ।

बंगलादेशमा कष्टकर रुपमा गुजारा गरिरहेका शरणार्थी सुरक्षित बसोबासको खोजीमा नेपाल छिरेको स्रोतको दाबी छ । गृह मन्त्रालय स्रोतका अनुसार रोहिंग्या मुस्लिमहरु झापाको काँकडभिट्टा र मोरङको सीमावर्ती नाका हुँदै नेपाल छिरेका हुन् ।

मन्त्रालयले नेपाल छिरेका रोहिंग्या शरणार्थीको अवस्था बुझ्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले वैशाख ६ गते झापा मोरङ र काठमाडौं प्रशासनलाई निर्देशन दिएको हो । काठमाडौंमा रोहिग्याको दुई वटा शिविर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "रोहिंग्या शरणार्थीको एउटा समूह झापा र मोरङ छिरे..." A few seconds ago

सम्बन्धित खवर