१४ जेठ, काठमाडौं । राष्ट्रियसभा सदस्यमा निर्वाचित डा.खिमलाल देवकोटाले आज सपथ लिदैछन् । राष्ट्रियसभाको उपनिर्वाचनबाट गएको ६ जेठमा देवकोटा निर्वाचित भएका थिए ।
नेकपा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई पराजित गर्दै देवकोटा बागमती प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएका हुन् । माओवादी छोडेर बादल एमाले प्रवेश गरेपछि उक्त स्थान रिक्त भएको थियो ।