प्रतिनिधि सभा बैठक आव्हान गर्ने सभामुखको तयारी – Satabdi News

प्रतिनिधि सभा बैठक आव्हान गर्ने सभामुखको तयारी

काठमाडौं, १३ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको अधिवेशन आव्हान गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने संकेत गरेका छन् ।

उनले आज कानुन व्यवसायीहरुसँगको परामर्शपछि असाधारण निर्णय लिनसक्ने भन्दै त्यस्तो संकेत गरेका हुन् ।

सभामुखलाई कानुविद्हरुले भूमिका बढाउन सुझाव दिए । उनीहरुले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै सभामुखलाई संसद अधिवेशन डाक्न राष्ट्रपति समक्ष सिफारिस गर्न सुझाव समेत दिए ।

वरिष्ठ अधिवक्ता शम्भु थापा, डा। चन्द्रकान्त ज्ञवाली, डा। भीमार्जुन आचार्य, रमण श्रेष्ठलगायत परामर्शमा सहभागी थिए । उनीहरुले प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै सभामुखको महत्वपूर्ण भूमिकाको आवश्यकतामा जोड दिएका थिए ।

कानुनका जानकारहरुको कुरा सुनेपछि सभामुख सापकोटाले असाधारण निर्णय लिने बताए । उनले भने,‘देश, जनता, संविधान, लोकतन्त्रका लागि जनताले प्रदान गरेको अधिकारलाई प्रयोग गर्नुपर्छ । त्यो भनेको असाधारण रुपमा बढ्ने हो ।’ उनले दलहरुसँग परामर्श गरेर अगाडि बढ्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रतिनिधि सभा बैठक आव्हान गर्ने सभामुखको तयारी" A few seconds ago

सम्बन्धित खवर