बेलबारी नगर पालिकाले ८० हजार खोप खरिद गर्ने : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृति माग्दै – Satabdi News

बेलबारी नगर पालिकाले ८० हजार खोप खरिद गर्ने : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृति माग्दै


१३ जेठ, बेलाबारी।
विश्वभरी महामारीको रुपमा फैलिदै गईरहेको कोरोना रोगबाट बच्न खोप नै उपयुक्त माध्यम रहेको कुरा बिश्व स्वास्थ संगठनले निष्कर्ष निकालेका छन।

बेलबारी नगरपालिकामा पनि कोरोनाको सङक्रमित संख्या बढ्दै गैरहेको छ।हाल सम्म १० जनाको कोरोनाबाट मृत्यु भई सकेका छन भने २५० जना भन्दा बडी कोरोना संक्रमित रहेको छ।

बेलबारी नगरबासीको जिउ ज्यान र स्वास्थ्य सुरक्षाकोलागि बेलबारी नगर पालिका जिम्बेवार बन्दै १८ बर्ष माथिका ४० हजार नागरिकलाई आफ्नै स्रोतबाट खोप लगाउने तयारी शुरु गर्ने भएको छ। यसकोलागि नगरपालिकाको आफ्नै श्रोतबाट ४० हजार बेलबारी बासीलाई पहिलो र दोस्रो खोप लगाई कोरोना महामारीबाट बचाउने उद्देश्यले करिब ८० हजार खोप
खरिदकोलागि आवस्यक स्वीकृति प्रदान गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरिएको बेलबारी नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले सताब्दी न्युजलाई बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी नगर पालिकाले ८० हजार खोप खरिद गर्ने : स..." A few seconds ago

सम्बन्धित खवर