मन्त्रिपरिषदको निर्णय : संसद भंग, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव – Satabdi News

मन्त्रिपरिषदको निर्णय : संसद भंग, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव

७ जेठ २०७८, शुक्रबार सरकारले संसद् विघटनसँगै कात्तिक २६ र मंसिर ३ का लागि निर्वाचनको मिति सिफारिस गरेको छ । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेको भन्दै सरकारले संवैधानिक रूपमै प्रतिनिधिसभा भंग गर्ने निर्णय लिएको हो ।

केहीबेर अगाडि मात्रै राष्ट्रपतिले केपी ओली र शेरबहादुर देउवा दुवैजनाले सरकार गठनका लागि गरेको दाबीमा बहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गरेकी थिइन् । त्यसलगत्तै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको हो ।

कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभा निर्वाचनका लागि  सिफारिस गरिएको एक मन्त्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मन्त्रिपरिषदको निर्णय : संसद भंग, कात्तिक २६ र ..." A few seconds ago

सम्बन्धित खवर