पार्टी एकता जोगाऊँ, समझदारीमा अर्को बैठक तोकौं: एमाले नेता रघुजी पन्त – Satabdi News

पार्टी एकता जोगाऊँ, समझदारीमा अर्को बैठक तोकौं: एमाले नेता रघुजी पन्त

७ जेठ २०७८, शुक्रबार। एमाले कार्यदलको एकतामा देखिएको समस्या समाधानका लागि गठित एमाले कार्यदलको बैठकमा पार्टीका सत्ताईस सांसदहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेको विषयमा छलफल भएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल निकट सांसदहरुको हस्ताक्षरपछि पार्टी फुटको तहमा पुगेको प्रधानमन्त्री केपी ओली निकट नेताहरुले प्रसंग उठाएपछि एकता जोगाउने विषयमा केन्द्रित रहेर छलफल भएको सदस्यहरुले बताएका छन् ।

‘राष्ट्रिय परिस्थितिबारे सौर्हादपूर्ण छलफल भयो, त्यसमा सबैले आ–आफ्ना दृष्टिकोण राख्नुभो’ बैठकपछि नेता रघुजी पन्तले भने,‘छलफलमा पार्टी एकतालाई जोगाउनुपर्छ भन्नेमा सबैबीच सहमति भएको छ, तर अर्को बैठक दुवै पक्षको सहमतिमा एक दुई दिनमा राख्नेगरी उठेका छौं ।’ उनले हस्ताक्षर प्रकरणका विषयमा भने कुनै छलफल नभएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "पार्टी एकता जोगाऊँ, समझदारीमा अर्को बैठक तोकौं:..." A few seconds ago

सम्बन्धित खवर