सुन्दरहरैचामा भएको हत्यामा संम्लग्न एकजना प्रकाउ – Satabdi News

सुन्दरहरैचामा भएको हत्यामा संम्लग्न एकजना प्रकाउ

जेष्ठ ०७, बेलबारी । मोरङको सुन्दरहरैचा नगरपालिका-३ का ४० बर्षीय बिष्णु ऋषिदेवको हत्यामा संग्लग्न रहेको आरोपमा स्थानीय २३ बर्षीय पुजन राई पक्राउ परेका छन् ।

आज बिहान ६ बजेको समयमा घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा सुतेकै स्थानमा मृत रहेको भन्ने जानकारी पाए संगै जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले उक्त हत्याको घटनामा राईको संग्लग्नता रहेको पाएसंगै उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका राईले धारिलो हतियार बामफोकले घाँटीमा प्रहार गरी ऋषिदेवको हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सुन्दरहरैचामा भएको हत्यामा संम्लग्न एकजना प्रकाउ" A few seconds ago

सम्बन्धित खवर