सामाजिक संजालमा जसपामा भईरहेका घटनाप्रति निरास वा आक्रोशित बन्ने स्ट्याटस नराख्न वरिष्ठ नेता राईको अनुरोध – Satabdi News

सामाजिक संजालमा जसपामा भईरहेका घटनाप्रति निरास वा आक्रोशित बन्ने स्ट्याटस नराख्न वरिष्ठ नेता राईको अनुरोध

२ जेठ, काठमाडौ । अहिलेको बर्तमान राजनीतिक क्षेत्रमा जनता समाजबादी पार्टी नेपालका नेताहरु दुई धुर्बीय भागमा बिभाजित भएपछि संचार माध्यममा एक अर्कोलाई दोषारोपण गर्ने काम भईरहेको छ । पार्टी भित्र भईरहेको घटनाहरुप्रती टीका टिप्पणी वा निरास वा आक्रोशित बन्ने स्टयाटस नराख्न जसपा पार्टी नेपालको वरिष्ठ नेता अशोक राईले आफ्नो फेसबुक माफत अनुरोध गरेका छ्न ।

जसपाको वरिष्ठ नेता अशोक राईले आफ्नो  फेसबुकमा “जसपामा भईरहेका घटना क्रमका बारेमा चिन्ता र चासो राख्ने मित्रहरुलाई अधिर भएर टिका टिप्पणी गर्ने वा निरास वा आक्रोशित बन्ने स्ट्याटस नराख्न अनुरोध छ। अहिले हामी सबै नेताहरु परिक्षामै छौं र निरन्तर रहन्छौं । तथ्यहरुको बस्तु संगत बिश्लेषण विना र सहि निश्कर्ष भएपनि पध्दति बिहीन तरिकाले सार्वजनिक गरेर समस्या हल नहुने मात्र होईन बरु यसले समस्या थप्ने र लेखकको स्तर परिक्षण समेत हुने हुदा वाक प्रकाशन स्वतन्त्रतालाइ सदुपयोग गरौं । सबैको हित नभए पनि कसैको अहितमा दुरुपयोग नगरौं ।” भनी लेखेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सामाजिक संजालमा जसपामा भईरहेका घटनाप्रति निरास ..." A few seconds ago

सम्बन्धित खवर