पार्टी निर्देशन नमान्ने जसपाका चार सांसदको पद चैट ! – Satabdi News

पार्टी निर्देशन नमान्ने जसपाका चार सांसदको पद चैट !

१६ वैशाख २०७८, बिहीबार । पार्टी निर्देशन विरुद्ध मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेका जनता समाजवादी पार्टी नेपालका चार जना लुम्बिनी प्रदेशसभाका सांसदको पद चैट भएको छ ।
प्रदेशसभा सचिवालयले बिहीबार सूचना प्रकाशित गरी जसपा लुम्बिनी प्रदेश संसदीय दलको निर्देशन विरुद्ध मतदान गरेका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको सूचना प्रकाशित गरेको हो ।

पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ (१) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर २ (१) बाट प्रत्यक्ष निर्वाचित हुन् भने रायमाझी र पाण्डे समानुपातिक सांसद हुन् ।
प्रदेशसभा सचिवालयले निकालेको सूचनामा जसपा केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा (५) बमोजिम प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्काशन गरेको सूचना जसपा लुम्बिनी प्रदेश संसदीय दलले दिएको व्यहोरा उल्लेख छ ।

गत ६ वैशाख गते नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्तावमा जसपाका सन्तोषकुमार, विजयकुमार र सुमनले पनि हस्ताक्षर गरेका थिए । तर प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको केही घण्टामै उनीहरु चारै जनालाई मुख्यमन्त्री पोखरेलले मन्त्री बनाएका थिए ।

जसपा पार्टी स्रोतले पार्टीको नीति र संसदीय दलको निर्देशन विपरित कार्य गरेकाले चारै जना सांसदलाई पद र पार्टीबाट समेत निष्कासन गरिसकिएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "पार्टी निर्देशन नमान्ने जसपाका चार सांसदको पद च..." A few seconds ago

सम्बन्धित खवर