१४ बैशाख, बेलवारी। ट्राफिक प्रहरी पोष्ट बेलवारीले ‘खोई माक्स ‘अभियान कार्यक्रम बेलबारीमा आज बिहान संचालन गरेका छन। कोरोना संक्रमणको दोस्रो लहर अझ आक्रामक एवं तीव्र संक्रामकका रूपमा देखिन थालेपछि प्रदेश न. १ ट्राफिक प्रहरी कार्यलय अन्तरगत ८४ वटा ट्राफिक प्रहरी पोष्टहरुबाट ‘खोइ माक्स’ अभियान सुरु गरेको अस्थाई ट्राफिक प्रहरी पोष्ट बेलवारी प्रमुख प्रेम कुमार शाहले बताए । उनले भने सवारीसाधनहरुले लापरवाही गरेमा रु.पाँच सय देखि प्रन्ध सय सम्म वा कानुन अनुसार कारवाही हुने बताए ।
‘खोई माक्स ‘अभियान अन्तरगत आज ( मंगलवार) बिहान विभिन्न सवारीसाधनमा सवार यात्रुहरु , सर्वसाधारण पैदलयात्रीहरुलाई सचेतना तथा माक्स वितरण गरेको ईलाका प्रहरी कार्यलय बेलवारी प्रमुख सरोज खनालले बताए। यो अभियान केहि समय सम्म सञ्चालनमा रहने प्रहरीले बताएका छन् ।