
यसअघि अविश्वासको प्रस्ताव आउन लागेको सुचना पाएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ले गत बैशाख १ गते मध्यराती संसद अधिवेशनको अन्त्य गरेका थिए ।
६० सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउन ३१ मत आवश्यक पर्छ । एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२ सांसद छन् । यस्तै जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र एकजना सांसद छन् ।
नेकपा माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारको समर्थनमा रहेको राष्ट्रिय जनमोर्चाले समेत अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको थियो । जनमोर्चाले अविश्वासको प्रस्तावको पक्षमा हस्ताक्षर गरेपछि नेकपा एमालेको गण्डकी सरकार अल्पमतमा परेको थियो ।
आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार पारेको कार्यसूचीअनुसार सोमबार प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बोल्नेछन् । त्यसपछि अरु प्रदेशसभा सदस्यले बोल्न समय पाउने छन् । प्रदेशसभा सचिवालयका अनुसार अविश्वासको प्रस्तावमाथि छलफल सकिएपछि बल्ल मतदान हुनेछ ।