अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता सकियो – Satabdi News

अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता सकियो

८ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । काठमाडौंको नक्शालस्थित मेरियट होटलमा अध्यक्ष ओली, नेपालबीच भेटवार्ता भएको थियो । भेटमा एमाले नेता विष्णु पौडेल पनि सहभागी थिए ।

नेताहरुबीच करिब दुई घण्टा भेटवार्ता भएको थियो । बुधबार पौने ७ बजे नेता नेपाल होटलबाट बाहिरिएका छन् । उनले सञ्चारमाध्यममा भेटबारे प्रतिक्रिया नदिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता सकियो" A few seconds ago

सम्बन्धित खवर