बेलवारीमा मोबाइल फोन मर्मत तालिम सुरु – Satabdi News

बेलवारीमा मोबाइल फोन मर्मत तालिम सुरु

बेलवारी, २२ चैत । बेलवारी नगरपालकिलाई लक्ष्तिगर्देँ गण्डकि मल्टिपल इन्ष्टिच्युट प्रा .लि को आयोजनामा आज (आइतवार) मोबाइल फोन मर्मत तालिक सुरु भएको छ ।

बेलवारी नगरपालिका वडा न १ नेपाल तमु बुदिष्ट्र गुम्वाको भवनमा मोबाइल फोन मर्मत तालिम सञ्चालन गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि बेलवारी नगरपालिकाका कार्यपालिका सदस्य बिन्दुकला गुरुङले दिप प्रज्वलन गरी उद्घघाटन गरेकी छन् ।

नेपाल सरकारको उघोग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले मोबाइल फोन मर्मत तालिमको कार्यान्वयनमा सहयोग गरेको छ । तालिम सफल बनाउन कृषिविकासकालागि अन्तर्राष्ट्रिय कोष (आइफाड) ले आर्थिक सहयोग गरेको हो ।
कार्यक्रममा २० जना प्रशिक्षार्थीहरु मध्य ६ जना महिला र १४ जना पुषरुको सहभगिता रहेको छ । आजबाट सुरु गरिएको तालिम ६५ दिन सम्म सञ्चालन हुने र प्रति प्रशिक्षार्थी बराबर चौबीस हजार चार सय को दरले लगानी गरेको कार्यक्रमका प्रमुख प्रशिक्षक राम प्रसाद पन्थरीले बताएका छन् ।
बेरोजगार युवाहरुलाई व्यवसायिक सीपका माध्यमबाट मर्यादित रोजगारीमा जोड्ने उद्देश्यले मोबाइल फोन मर्मत तालिम सञ्चालन गरेको कार्यक्रमका समयोजक टंक भण्डारीले बताएका छन् ।
कार्यक्रममा नेपाल तमु बुदिष्ट्र गुम्वाका अध्यक्ष रण बहादुर गुरुङ , कार्यक्रमका सहायक प्रशिक्षक रमिला रम्तेलको उपस्थिती रहेको थियो ।
मजदुर संगठन (कियुपेक) बेलवारीका अध्यक्ष नैना बहदुर मगरको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो भने सुर्य प्रकाश खवासले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलवारीमा मोबाइल फोन मर्मत तालिम सुरु" A few seconds ago

सम्बन्धित खवर