किन बोलाइन रास्ट्रपतिले सर्बदलिय बैठक ? – Satabdi News

किन बोलाइन रास्ट्रपतिले सर्बदलिय बैठक ?

काठमाडौ । नेपालको राजनीति अहिले अन्योलताबाट गुज्रिएको छ। देशमा संविधान बनिसकेको छ। कुनै ठूलो बिद्रोह पनि चलिरहेको छैन ।तर पनि देश भने अस्थिरताको शिकार बनेको छ।
यसैबीच नेपाली राजनीतिमा रास्ट्रपति समेत बिबादास्पद निर्णयमा हस्ताक्षर गरेर पटकपटक विवादमा परिन् ।सामान्य तरिकाले हेर्दा रास्ट्रपति आफैंमा एउटा कार्यकारी पद भने होईन तर पनि सबिधानको रक्षाा गर्ने र देशको अभिवाकिय जिम्मेवारी पूरा गर्ने काम रास्ट्रपतिको हो।

हिजो प्रतिनिधि सभा विघटन असंवैधानिक छ भनेर सबै पुर्वप्रधानमन्त्री ,कानुन वक्ता देखि सम्पुर्ण राजनीतिक दलले भन्दै गर्दा कमसेकम त्यतिखेर सर्बदलीय बैठक बोलाएर रास्ट्रपतिले हस्ताक्षर गरिदिएको भए रास्ट्रपति सस्थाको इज्जत कति बढ्थ्यो होला? त्यसैगरी रातारात ओलि सरकारले पेश गरेको दल बिभाजन सम्बन्धी अध्यादेशमा सर्बदलिय बैठक बोलाएको भए रास्ट्रपति सस्थाको गरिमा कति बढ्थ्यो होला?

ससंद विघटन ,राजनीतिक दल बिभाजनको अध्यादेश हुँदै विभिन्न प्रकरणमा नचाहिएको सर्बदलिय बैठक अहिले किन चाहिएको छ? किनकी ओलि फेरि प्रधानमन्त्रीमा टिकिरहनका लागि अन्तिम अस्त्र हुनसक्छ । तर मुख्य कुरा भनेको रास्ट्रपति र प्रधानमन्त्रीको पद अब धेरै समय ओलि र भण्डारीको हुने छैन ।त्यसैले अन्तिम समयमा केही छवि सुधार गर्न सकिन्छ कि भन्ने बुझ्न सकिन्छ।

नेपाली काङ्ग्रेस ,जसपा,माओवादी केन्द्रको मोर्चा र आफ्नै पार्टी बिभाजनमा पुग्दा उनी थप कमजोर भैसकेका छन् ।त्यसको प्रतिबिम्बको रुपमा हिजो नै माधब कुमार नेपालस्ग भेट हुनु र प्रचण्डलाई भेट गरौ भनेर भन्नू उनको हतास मनस्थितिको उपज हो।जसपालाई फुटाएर भएपनि सरकार बचाउछु भन्ने ओलिको सपनमा माधब-झलनाथले नै साथ नदिने भएपछि उनी थप निराश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "किन बोलाइन रास्ट्रपतिले सर्बदलिय बैठक ?" A few seconds ago

सम्बन्धित खवर