विप्लव र माओवादी केन्द्रीबीच पार्टी एकीकरण गर्ने सहमति – Satabdi News

विप्लव र माओवादी केन्द्रीबीच पार्टी एकीकरण गर्ने सहमति

                   १ गते , चैत्र। काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी ‘सुशील’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) बीच एकता हुने भएको छ ।

विप्लव र सुशीलद्वारा शनिबार संयुक्त रुपमा जारी तीन बुँदे सहमतिमा क्रान्तिकारीहरूबीच पार्टी एकताको लक्ष्य राखी संघर्षमा सहकार्य गर्ने उल्लेख छ ।

उनीहरूले यो प्रक्रियामा अन्य क्रान्तिकारी पार्टीहरूलाई पनि सहभागी बनाउने जनाएका छन् ।

दलाल पुँजीवादी सत्ताका विरुद्ध वैज्ञानिक समाजवादी व्यवस्था निर्माणार्थ संयुक्त रुपमा सहकार्य गर्ने निर्णय पनि भएको छ ।

सरकारसँग सहमति गरेर खुल्ला राजनीतिमा आएका विप्लवले साना कम्युनिस्ट पार्टीहरूसँग वार्ता गरेर कम्युनिस्ट आन्दोलन अगाडि बढाउन खोजेका छन् ।

विप्लवले यसअघि विभिन्न साना पार्टीहरूसँग मोर्चा समेत बनाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "विप्लव र माओवादी केन्द्रीबीच पार्टी एकीकरण गर्न..." A few seconds ago

सम्बन्धित खवर