संवादका लागी सबै संग खुल्ला,अन्तिम निर्णय शिर्ष पाच नेताले गर्ने । जसपा नेपाल – Satabdi News

संवादका लागी सबै संग खुल्ला,अन्तिम निर्णय शिर्ष पाच नेताले गर्ने । जसपा नेपाल

संवादका लागी सबै संग खुल्ला । अन्तिम निर्णय शिर्ष पाच नेताले गर्ने

नेकपाको नाम सन्दर्भमा सर्वोच्चले गरेको फैसला पश्चात विकसित राजनितीक वातावरणमा जनता समाजवादी पार्टी सबै संग छलफल गर्ने गरि विकल्पहरु खुल्ला राख्ने निर्णय गरेको छ । नेकपाका दुुई घटकहरु एमाले र माओवादी केन्द्र पुुर्ववत अवस्थामा पुुगे पछि नयां समिकरणको प्रयास चलीरह्दा जसपा आफनो एजेन्डामा सबै संग कुरा गर्न सकिने जनाएको छ ।

पार्टी एकिकरणको दश महिना पश्चात पहिलो पटक मंगलवार बसेको जसपाको संसदीय दलको बैठकमा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी ओलीले गरेको सतासमिकरणको अफर र पछिल्लो राजनितीक अवस्थावारेमा बिफ्रिग गरेका थिए । ठाकुरले गत आइतवार प्रम ओली संग वालुवाटार ढेड घण्टा लामो कुराकानी गरेका थिए । आइतवार प्रम ओली संग ठाकुरले कुराकानी गरे पछि सोमवार जसपाका नेताद्धय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ सुक्लाले प्रम ओलीका निकट नेताह सुुभाष नेम्बाड, राजन भटराई, विष्णु पौडेल सहित संग छलफल गरेका थिए । छलफलमा अहिले सम्म जसपाले उठाउद आएका एजेन्डाहरु रेशम चौधरीको रिहाई, मधेश आन्द्योलनताका मुद्धाहरु फिर्ता र संविधान संशोधन वारेमा छलफल भएको थियो ।

मंगलवारको बैठकमा जसपा अध्यक्ष ठाकुरले आफुले प्रम ओलीलाई स्पष्टरुपमा मुद्धा सम्बोधन नहुुन्जेल सम्म सहकार्य गर्न नसकिने बताएको जानकारी गराए ।

संवाद गर्न कार्यदल
मंगलवार बसेको जसपा संसदीय दलको बैठकले दलहरु संग जसपाले संवाद गर्नका लागी लक्ष्मणलाल कर्ण र सवेन्द्रनाथ सुक्ला सम्मलीत कार्यदल अनौपचारिक रुपमा गठन गरेको बताइएको छ । जसपाका एक शिर्ष नेताका अनुसार यो कुनै औपचारिक भन्दा अनौपचारिक छलफल गरिएको विषय हो । प्रम ओली पक्षसंग कर्ण र सुक्लाले संवाद गरेका कारण अन्य दलहरु संग पनि यी नेताहरुलाई संवाद खटाउने जसपाका शिर्ष नेताहरु सहमत भएका छन ।

निर्णय शिर्ष पांच नेताले गर्ने
संसदीय दल समायोजन नभइसकेकाले जसपाको मंगलवारको संसदीय दलको बैठक उमेर हिसावका कारण महन्थ ठाकुरले गरेका छन । ज्येष्ठ सदस्यको हैसियतले ठाकुरको अध्यक्षतामा भएको जसपाको संसदीय दलको बैठकमा सता समिकरण सम्बन्धमा पार्टी कुनै निर्णय लिनु परेमा पार्टीका र्पाच शिर्ष नेताले त्यसवारेमा निर्णय गर्ने छ । अध्यक्षद्धय ठाकुर र यादव तथा वरिष्ठ नेताहरु अशोक राई, डा बाबुराम भटराई र राजेन्द्र महतोले अन्तिम निर्णय गर्ने जनाइएको छ ।

एजेन्डा सम्बोधन विना केहि हुदैन – राजेन्द्र महतो
संसदीय दलको बैठक पश्चात पत्रकारहरु संग कुरा गर्दै जसपा वरिष्ठ नेता महतोले पछिल्लो परिस्थतिमा आफुहरु सबै संग संवाद गर्न खुल्ला रहेको र आफनो एजेन्डा सम्बनेधन नभए सम्म कसैको पक्षमा पनि नजाने बताए । आफहरुले उठाउदै आएको रेशम चौधरीको रिहाई, मधेश थरुहट आन्दोलनताका मुद्धाहरु फिर्ता र संविधान संशोधनको मागमा कार्यन्वयन गर्ने गरि निर्णय नहुन्जेल सम्म आफुहरु कसैको सरकार टिकाउन वा बनाउन नजाने महतोले बताए । संसदमा प्रतिनिधित्व गर्ने राजनिती दल भएकाले सता समिकरणवाट नभाग्ने तर आफनो एजेन्डा संग पनि अव धोका नदिने महतो बताए । हामीसंग विगतको अव अनुुभव पनि भएको बताउदै महतोले परिपक्व ढंगले निर्णयमा पुुग्ने पनि दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "संवादका लागी सबै संग खुल्ला,अन्तिम निर्णय शिर्ष..." A few seconds ago

सम्बन्धित खवर