देउवा–प्रचण्ड बीच सत्ता सहकार्यमा छलफल – Satabdi News

देउवा–प्रचण्ड बीच सत्ता सहकार्यमा छलफल

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भावी सत्ता सहकार्यको विषयमा छलफल भएको छ । माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि प्रचण्ड देउवानिवास बुढानीलकण्ठ पुगेका हुन् ।

प्रचण्डले सत्ता सहकार्यको प्रस्ताव गरेको देउवानिकट स्रोतले बताएको छ ।

यसअघि माओवादी केन्द्रको स्थायी कमिटी बैठकले संसद्, सरकार, राजनीतिक प्रक्रिया र संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने सम्बन्धमा प्रमुख प्रतिपक्षी दल कांग्रेस र प्रतिपक्षी दल जसपासँग छलफल गर्ने निर्णय गरेको थियो । एमालेसँगको छलफलको विकल्पसमेत माओवादी केन्द्रले खुला राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "देउवा–प्रचण्ड बीच सत्ता सहकार्यमा छलफल" A few seconds ago

सम्बन्धित खवर