भोजपुरको अरुणमा जसपाको प्रशिक्षण कार्यक्रम सम्पन्न – Satabdi News

भोजपुरको अरुणमा जसपाको प्रशिक्षण कार्यक्रम सम्पन्न

फागुन १८ – जनता समाजवादी पार्टी भोजपुरले अरुण गाउपालिकामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। गापाले आफ्नो आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

पार्टीको केन्द्रिय कार्यकारिणी समिती सदस्य हेमराज राईले वर्तमान राजनिति र पार्टिको बिचार नीति कार्यक्रम को बिसयमा प्रशिक्षण दिएका थिए भने केन्द्रिय सदस्य इन्द्रहाङ किरातिले पार्टिको साङ्गठानिक संरचना विधि पद्दतिको बिसयमा प्रशिक्षण दिएका थिए।

कार्यक्रममा केन्द्रिय सदस्य राम सिङ राई, जिल्ला अध्यक्ष आसकुमार राई, सचिव नरराज काङ्माङ, हर्क राज राई को सहभागिता रहेका थिए भने कार्यक्रम को अध्यक्षता शुभराज राई ले गरेका थिए।

प्रशिक्षण कार्यक्रमले कार्यकर्तामा राजनितिक उर्जा थपेको र अस्पष्ठ बिसयहरुलाई प्रस्ट पार्दै पार्टी सङ्गठन अगाडि बढाउन सहयोग मिलेको गापाका सचिव बिपन राईले वताएका छन् ।

जसपाले पार्टी निर्माण र सङ्गठन बिस्तारलाई तिब्रता दिदै आएको छ।

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भोजपुरको अरुणमा जसपाको प्रशिक्षण कार्यक्रम सम्पन्न" A few seconds ago

सम्बन्धित खवर