नागरिकलाई आत्मनिर्भर  बनाउँने अभियानमा छौँ । – Satabdi News

नागरिकलाई आत्मनिर्भर  बनाउँने अभियानमा छौँ ।

२९ माघ बेलबारी । बेलबारी नगरपालिकाले मत्स्यपालक किसानहरुलाई कृषि चुना वितरण गरेको छ।बिहिवार एक कार्यक्रमका बीच उक्त सामग्री किसानहरुलाई वितरण गरिएको बेलबारी नगरपालिकाका पशुपन्छी शाखा प्रमुख बाबुराम खड्काले बताए।

नगर क्षेत्रभित्रका ४५ जना मत्स्यपालक किसान र फर्म संचालक व्यवशायीहरुलाई २१ क्विन्टल कृषि चुना वितरण गरिएको नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले बताइन् ।

बेरोजगार समस्या समाधान गर्न धेरै युवाहरुले आफ्नै बलबुतोले व्यवशाय सुरु गर्नुभा छ। उहाँहरुलाई आत्मनिर्भर र व्यवशायिक बनाउने अभियानमा हामी निरन्तर लागिरहेका छौँ – उपप्रमुख पराजुलीले भनिन् ।

बेलबारी नगरपालिकाले यस अघि नै एक वडा एक उत्पादन अन्तर्गत नगरपालिकाका ११ वटै वडामा भूगोल र सम्भाव्यता अध्ययन गरी एक वडा एक उत्पादनको कार्यक्रम सुरु गरिसकेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नागरिकलाई आत्मनिर्भर  बनाउँने अभियानमा छौँ ।" A few seconds ago

सम्बन्धित खवर