समाजवादी युवा संघमा लावती – Satabdi News

समाजवादी युवा संघमा लावती

नरेश विश्वकर्मा

धरान । जनता समाजवादी पार्टी नेपाल सम्वद्ध समाजवादी युवा संघ धरान उपमहानगर समिति मातहतको समाजवादी युवा संघ ५ नं वडा कमिटी गठन भएको छ ।

पार्टीका वरिष्ठ नेता अशोककुमार राईको प्रमुख आतिथ्यमा भएको वडा नं ५ को पार्टी कार्यालय उदघाटनसंगै युवा संघ पनि गठन गरिएको हो । गंगाप्रसाद लावतीको अध्यक्षतामा गठित बयीय उक्त कमिटीका सदस्यहरुमा धनबहादुर श्रेष्ठ,संजय तामाङ,संजु तामाङ, मिलन तामाङ, गोपाल लिम्बू, गोविन्द घतानी, संजु राई, सागर लिम्बू, नवराज राई, डिल्ली राई, चन्द्र राई, कुमार राई, निरज राई रहेका छन् ।

सोहि कार्यक्रमका बिच नेकपाका अग्रज नेता टंक नेम्वाङको नेतृत्वमा काँग्रेस,एमाले लगायतका पार्टी परित्याग गरि दर्जनौँको संख्यामा जसपा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई प्रमुख अतिथी बरिष्ठ नेता अशोककुमार राईले खादा लगाएर स्वागत गर्दै पार्टी प्रवेश गराउनु भएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य जेण्टल लावती, प्रदेश कमिटी सदस्य कृष्ण लिम्बू, शिल्पी विशेष समिति प्रदेश १ अध्यक्ष नरेश विश्वकर्मा क्षितिज, लिम्बुवान राष्ट्रिय समिति सदस्य रितेश लिम्बू, धरान उपमहानगर समितिका अध्यक्ष ताजुव लिम्बू, सचिव हेमराज याक्खा,सदस्य सीता राई, ममता राई लगायतको उपसस्थिति रहेको थियो ।

पार्टीका वडा नं ५ का वडाध्यक्ष विर्खमान राईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ५ नं वडाका वरिष्ठ सल्लाहकार पूणर् प्रसाद राईले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम संचालन वडा ईन्चार्ज चन्द्र सोताङ्गले गर्नु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "समाजवादी युवा संघमा लावती" A few seconds ago

सम्बन्धित खवर