२६ पुस, बेलबारी । बेलबारी नगरपालिकाले भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या समाधानको लागि विभिन्न पदहरुमा पदपुर्तिको लागि आवश्यक कर्मचारीको माग गरेको छ ।
शुक्रबार नगरपालिकाले एक सुचना प्रकाशित गर्दै कर्मचारीको माग गरेको हो । नगरपालिकाले विभिन्न पदका लागि दरखास्त आवान गरेको छ । त्यसै क्रममा ईन्जिनियर अधिकृत छैठोँ १, कार्यक्रम सयोजक अधिकृत १, सर्वेक्षक सहायक २, अमिन सहायक चौथो ३, तथ्याङ्क संकलक ७, लगत प्रविष्टकर्ता ३, समाजिक परिचालक ३, र फिल्ड सहयोगी ३, गरी जम्मा २३ जनाको पदपुर्तिको दरखास्त आवान गरेको हो ।
नगरपालिकाले जारी गरेको मितिले १५ दिन भित्र दरखास्त लिई सक्नु पर्ने सुचनामा उल्लेख गरिएको छ ।
हेर्नुहोस्