धादिङको धार्केमा निशुल्क मानसिक स्बास्थ्य शिरिर सम्पन्न – Satabdi News

धादिङको धार्केमा निशुल्क मानसिक स्बास्थ्य शिरिर सम्पन्न

२६ पौष , धादिङ । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण र लामो समयको लकडाउनले जनजिवनमा विभिन्न किसिमका मनोसामाजिक एवं मानसिक स्बास्थ्य समस्याहरु देखिएकाछन ।

प्रकृतिक बिपत्तिको यो बिषम अबस्थामा समुदाय स्तरमा नै मानसिक स्बास्थ्यका विभिन्न कार्यक्रमहरु संचालन गर्नु अति जरुरी छ । यसैबिच धादिङ जिल्लाको धार्के गाउँपालिकामा एक दिने निशुल्क मानसिक स्वास्थ्य शिबिरको आयोजना गरियो । मनोरोग उपचार तथा पुर्न:स्थापना केन्द्र र मानसिक एवं मनोसामाजिक सु स्वास्थ्यको राष्ट्रिय अभियान नेपालको आयोजना तथा धार्के गाउँपालिकाको सहकार्यमा एक दिबसिय शिविर संचालन गरिएको हो ।

शिबिरमा मनोचिकित्सक प्रा.डा. पुष्पराज शर्माले बिरामीको स्बास्थ्य परिक्षण गर्नु भएको थियो भने मनोविद गोपाल ढकालले मनोपरामर्श सेवा प्रदान गर्नु भएको थियो । उक्त शिबिरमा एक सयभन्दा बढिले सेवा लिएका थिए ।

मानसिक स्वास्थ्य परिक्षण पछि सबै बिरामीलाई निशुल्क रुपमा औषड्यन्त्रका धि समेत बितरण गरिएको थियो । शिबिरमा आएका मध्ये तीन जना कडा खालको मानसिक स्बास्थ्य समस्यामा परेका ब्यक्तिहरुलाई आबासिय उपचारको प्रवन्ध मिलाईएको छ ।
कार्यक्रममा बोल्दै गाउँ पालिकाका अध्यक्ष राम कुमार आचार्यले मानिस भौतिक रुपमा मात्र होइन मानसिक रुपमा पनि खुशी र सम्पन्न हुनु पर्ने बताउनु भयो । उपाध्यक्ष अम्बिका रुपाखेतीले गाउँपालीका भित्र रहेका र मानसिक रोगको औषधि सेवन गरिरहेका सबै बिरामीहरुको औषधी खर्च गाउँपालिकाले बेहोर्न जानकारी दिनु भयो । यस्तो शिबिर अब देखि प्रत्येक तीन तीन महिनामा गरिने भएकोछ ।

धार्के गाउँपालिकाले स्थानिय तहमै पहिलो पटक मनोसामाजिक स्वास्थ्यमा निर्देशिका नै तयार पारि मानसिक स्बास्थ्यका बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । दस बर्षदेखि सडकको जीवन बिताई रहेका जनक नाम गरेका मनोरोगीको उद्दार गरि गाउँपालिका र मनोरोग उपचार केन्द्रको सहकार्यमा उपचार भईरहेको छ । गाउँ पालिकाले आफ्नो सबै बडाहरुमा एक एक जना मनोपरामर्शदाताको समेत ब्यबस्था गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "धादिङको धार्केमा निशुल्क मानसिक स्बास्थ्य शिरिर..." A few seconds ago

सम्बन्धित खवर