किरायाको कुलधामीबाट साकेला साहित्य महोत्सव उद्घाटन हुने – Satabdi News

किरायाको कुलधामीबाट साकेला साहित्य महोत्सव उद्घाटन हुने

पौष १०, काठमाडौ । किरात राईहरुको महान चाड साकेला उधौलीको अबसरमा किरात राई लेखक संघद्दारा साकेला साहित्य महोत्सव कार्यक्रम २०७७ अन्तिम तयारीको चरणमा पुगेको छ । साकेला साहित्य महोत्सव २०७७ कार्यक्रम पौष ११ र १२ गते मध्यान ४ बजे शुरु हुने भएको छ ।

कार्यक्रममा किराती संस्कार अनुसार धामीले मुन्दुम फलाकेर नया अन्नबाली पित्री र प्रकुतिलाई चढाएपछि नया चामल सिलाम, अदुवा र ओखरको दिउल मिश्रित प्रसाद ग्रहण गरेपछी बिधिगत रुपमा साकेला महोत्सव उद्घाटन हुने भएको भएको छ । महोत्सवको उद्घाटन कार्यक्रमा वरिष्ठ साहित्यकार भुपाल राईद्दारा ढोल र लेखक संघका संस्थापक अध्यक्ष राजन मुकारुङबाट झ्याम्टा बजाएर नाक्छुङलाई साथ दिने लेखक संघका अध्यक्ष खुक्सङ खम्बु राईले बताएका छन ।

कार्यक्रमको उद्देश्यबारे लेखक संघका अध्यक्षको भनाईअनुसार “साकेलामा बिशेष गरि खुट्टा र हातको सिलिद्दारा साकेला नाच्ने गरिन्छ । तर त्यो साकेला सिलिको कथा र दर्शन हामीले धेरै नबुझेको पाईयो । साकेलाको दर्शन, साकेलाको कथा बुझाउनको लागि साकेला साहित्य महोत्सव कार्यक्रम हो । साकेलाको दर्शन, कला, संस्कृति र कथालाई सिलि गर्ने साहित्यबाट साकेलाको थप आयाम थप्ने कार्यक्रमको उद्देश्य रहेको हो ।”

संघका अध्यक्ष खुक्साङ खम्बु राई

साकेला साहित्य महोत्सव कार्यक्रम २०७७ मा सहभागी भएका ५७ जनाको कविताहरु मध्येबाट उत्कृष्ट ३० कविहरुको कविताले अन्तिम प्रतिस्पर्धाको लागि छनौट भएका छन । प्रतिस्पर्धाबाट बिजय हुने कविहरुले पुस १५ गते प्रायोजकको हातबाट पुरुकार बितरण गरिनेछ । प्रथम पुरुस्कार गायक राजेश पायल राई, द्दितीय पुरुस्कार अभिनेता दयाहाङ राई, तृतीय पुरुस्कार कलाकार विल्सन बिक्रम राई र सात्वना पुरुस्कार साहित्यका राजन मुकारुङको हातबाट पुरुस्कार बितरण गर्ने कुरा संघका अध्यक्ष खुक्सङ खम्बु राईले शताब्दी न्युजलाई बताएका छ्न ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "किरायाको कुलधामीबाट साकेला साहित्य महोत्सव उद्घ..." A few seconds ago

सम्बन्धित खवर